FLASH NEWS
  • Loading...

तीन वर्षदेखी अलपत्र परेकाे पर्यटन सूचना केन्द्र फेरी संञ्चालन

  • पुनहिल डट कम
  • २ हप्ता अघि
  • ६४ पटक पढिएको
तीन वर्षदेखी अलपत्र परेकाे पर्यटन सूचना केन्द्र फेरी संञ्चालन

सदरमुकाम बेनीको कालीपुल बसपार्क छेवैमा तीन वर्षदेखी अलपत्र परेकाे पर्यटन सूचना केन्द्र नयाँ वर्षसंगै संञ्चालनमा आएको छ । केन्दकाे शनिवार जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाले एक समाराेह विच शुभारम्भ गराए ।
जिल्लामा भित्रने र बाहिरिने पर्यटकलाई प्रमुख पर्यटकीय गन्तब्यहरु, त्यहाँ पुग्ने सडक/पैदलमार्ग, पाईने होटलवास समेतका सुविधाहरुको बारेमा जानकारी गराउने उद्देश्यले म्याग्दी उद्योग वाणिज्य संघको अगुवाईमा बेनी नगरपालिका, पर्यटन वोर्डले म्याग्द पर्यटन सूचना केन्द्र संञ्चालनमा ल्याएका हुन ।
पर्यटन सुचना केन्द्रमा जिल्लाका पर्यटकीय क्षेत्रको फ्रेमसहितका फोटाहरु, प्रमुख गन्तब्यका फेल्क्स प्रिन्ट, भिडियो डिस्प्ले, ब्रोसरहरु, म्याप तथा गाईड वुकहरु राखिएको छ । पर्यटन सुचना केन्द्रसँगै जोडेर जिल्लामा उत्पादन हुने स्थानीय अर्गानिक कृषीजन्य उत्पादनहरु, हाते काजग, अल्लो कपडा समेतका सामाग्री विक्रि गर्ने कोसेली घर पनि संञ्चालन गरिएको छ ।
‘पर्यटन सुचना केन्द्रमा आएका पर्यटक विच जिल्लाका पर्यटकीय क्षेत्रको प्रर्वद्धन गर्ने तथा स्थानीय कृषकले उत्पादन गरेका कृषी उपज, हस्तकलाका सामाग्री र अचारसहितका सामाग्रीको विक्रिस्थल समेत हुनेगरी सुचना केन्द्र संञ्चालन गरेका हौं’ म्याग्दी उद्योग वाणिज्य संघका पर्यटन संयोजक राजेश शाक्यले भने, ‘सूचना केन्द्रले पर्यटकीय गन्तब्यको प्रर्वद्धन र पर्यटकहरुकालागी सही सूचना पाउन सहयोग पुर्‍याउने छ ।’

०७५ सालमा तत्कालिन पर्यटन मन्त्री स्व.रविन्द्र अधिकारीले उद्घाटन गरेकाे सूचना केन्द्र काेराेना कहरसँगै वन्द थियाे ।