FLASH NEWS
  • Loading...

ठाउँ छ है मनैखानी, जाउँ हिंड घुम्नलाइ पुनहिल-घाेरेपानी

  • पुनहिल डट कम
  • २ हप्ता अघि
  • १४१ पटक पढिएको
ठाउँ छ है मनैखानी, जाउँ हिंड घुम्नलाइ पुनहिल-घाेरेपानी

वसन्त ऋतु । राताम्मे गुराँसे जंगलको विचमा झुरुप्प वस्ती, घोरेपानी । गाउँको शिरमाथी टुप्पिमा छ, प्रख्यात दृष्यस्थल पुनहिल । घोरेपानीदेखी पुनहिलसम्मका सवै डाँडापाखा गाडा रातो, रातो, सिम्रिक, गुलावी गुराँसको विच–विचमा फुलेका चिमली र सेता गुराँसले मनमोहक घोरेपानी/पुनहिल क्षेत्रको जंगल बैंशालु भएको छ, मनै बैंशालु बन्छ ।


सूर्यको पहिलो झुल्कोलाई पहिला क्यामेरामा कैद गर्ने प्रतियोगिता जस्तै तँछाड–मछाड बैंशालु गुराँसलाई क्यामेरामा कैद गर्न उस्तै हतारो । प्राकृतिक सौन्दर्यले पुलंकित मन थेग्न नसक्दा प्रेमी–प्रेमिका गम्लङ्ग अँगालो मारिरहेका हुन्छन । वैशालु उमेरका पदयात्री मात्र होईन बृद्ध अवस्थाका पर्यटकको पनि जवानी उम्लेर आउँदा गुराँसको फेदमुनी सम्झनाको छायाँ देख्न सकिन्छ ।


‘घोरेपानी/पुनहिल मेरो पहिलो यात्रा हो । आँखै अगाडीका हिमालको लस्कर, सूर्योदयको दृष्य र विभिन्न प्रजातिका रंगित गुराँश फुलेर ढकमक्क घोरेपानी कल्पना गरेभन्दा सुन्दर रहेछ । हामीले प्रचार गर्न नसकेका रहेछौं’ पुनहिल पदयाक्रा त्रममै भेटिएका नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री गोकर्ण विष्टले भने, ‘राजनैतिक दलका नेताहरु, सामाजिक क्षेत्रका अगुवाहरु पनि पुनहिल/घोरेपानी जस्ता पर्यटकीय क्षेत्रमा पदयात्रा गर्ने, घुम्ने गर्दा आन्तरिक पर्यटक तथा बाहृयपर्यटन प्रर्वद्धनमा योगदान पुग्छ । करोडौ आम्दानी हुन सक्छ ।’


यो घोरेपानी–पुनहिल गुराँसे पैदलयात्राको उपयुक्त मौषम हो । घोरेपानीमा यात्रुको हैसियत अनुसारका बस्ने सुविधासम्पन्न होटल छन । यो पदमार्ग सजिलो मानिन्छ । पोखराबाट विरेठाँटीहुँदै सोझै पुनहिल पुग्न सकिन्छ । अर्को विरेठाँटीबाट घान्द्रकको एक दिनबढी घुमाउरो बाटोबाट पुग्न सकिन्छ । म्याग्दी सदरमुकामबाट गाडीमा पोखरेबगरहुँदै चित्रेसम्म गाडीमा गएर एक घन्टा पैदल हिंडेर पनि पुनहिल पुग्न सकिन्छ ।


यो पदमार्ग सजिलो मानिन्छ । पोखराबाट विरेठाँटीहुँदै पुनहिल पुग्न सकिन्छ । विरेठाँटीबाट घान्द्रकहुँदै घुमेर पनि पुग्न सकिन्छ । म्याग्दी सदरमुकामबाट गाडीमा घोरेपानीसम्मै पुग्न सकिन्छ ।


पर्यटन ब्यवसायी घाेरेपानी पर्यटन समितिकी अध्यक्ष मीना पुनका अनुसार दैनिक तिन सय बढी विदेशी पर्यटक र दुई सयबढी नेपालीहरु घोडेपानी पुग्ने गरेका छन् । विदेशी पर्यटकको संख्या कोभिडपछि घटेको छ, नेपाली पर्यटकको संख्या भने धेरै बढेको छ । मोटरबाटो घोरेपानीसम्म पुगेपछि बाहृय पर्यटक प्रभावित भएको तर आन्तरिक पर्यटन भने बढेको देखिएको छ ।