FLASH NEWS
  • Loading...

अन्नपूर्ण गापाको पोखरेबगरमा कुकुर बन्ध्याकरण शिविर सुरु

  • पुनहिल डट कम
  • ३ हप्ता अघि
  • १४२ पटक पढिएको
अन्नपूर्ण गापाको पोखरेबगरमा कुकुर बन्ध्याकरण शिविर सुरु

म्याग्दी सदरमुकाम बेनीमा रहेका सामुदायीक कुकुर ब्यवस्थापन तथा सन्तान वृद्धी रोक्न भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ कार्यालय र अन्नपूर्ण गाउँपालिकाको कार्यालय पोखरेबगरको सहकार्यमा सोमबारदेखी बन्ध्याकरण शिविर सुरु भएको छ ।
समुदायमा रहेका भुस्याहा कुकुर नियन्त्रण तथा घरपालुवा कुकुरल्याई सन्तान वृद्धी रोक्न बन्ध्याकरण तथा एन्टी रेविज लगाउन लागिएको हो । भुस्याहा कुकुरले पैदल यात्रुलाई टोक्ने, दुई पाङ्ग्रे सवारी साधनमा झम्टने गर्दा दुर्घटना बढेपछि त्यस्ता कुकुर समातेर ल्याई बन्ध्याकरण तथा एन्टी रेविज खोप लगाईएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ कार्यालयले जनाएको छ ।
घरमा कुकुर पाल्न रहर गर्नेहरुले नै उमेर पुगेका कुकुर तथा घरमा कुकुरको बच्चाबढी भएपछि सडकमा ल्याई छोड्दा भुस्याहा कुकुरको विगविगी भएको हो ।
गाउँपालिका उपाध्यक्ष दीवाकुमारी तिलिजनका अनुसार भुस्याहा कुकुरले बर्षको दुई पटक सडकमा बच्चा जन्माउँदा भुस्याहा कुकुरको संख्या तिब्र वृद्धी भएकोले रेविज समेतका संक्रामक रोग नियन्त्रण गर्न कुकुर बन्ध्याकरण शिविर संञ्चालन गरिएको र शिविर मंगलवारसम्म चल्ने भएको छ ।