FLASH NEWS
  • Loading...

पर्वतको जलजला गाउँपालिकामा पनि हुक्का प्रतिवन्ध

  • पुनहिल डट कम
  • ३ हप्ता अघि
  • १५३ पटक पढिएको
पर्वतको जलजला गाउँपालिकामा पनि हुक्का प्रतिवन्ध

हुक्का बेच्ने एक पसलकाे फाइल फाेटाे ।

म्याग्दीको सदरमुकाम बेनीसँग सीमावर्ती पर्वतको जललजा गाउँपालिकाले सार्वजनिक स्थलमा हुक्का सेवनमा प्रतिवन्ध लगाएको छ ।
जलजला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत फणिद्र आचार्यका अनुसार चैत २१ गतेको कार्यापालिकाको बैठकको निर्णयलाई आज सोमबारदेखी सार्वजनिक स्थलमा हुक्का सेवनमा प्रतिवन्धलाई पूर्ण कार्यान्वयनमा लगेको हो । जलजला गापाले हुक्का समेत सस्ता र गुणस्तरहीन मदिरालाई पनि रोक लगाएको जनाएको छ ।
यस अघि म्याग्दीको बेनी नगरपालिकाले किसोर/किसोरी तथा युवा/युवतीमा मौलाउँदो हुक्का विकृतिलाई रोक्न फागुन १६ गतेदेखी होटल, रेष्टुरेन्ट समेत सार्वजनिक स्थलमा जनश्वास्थ्यलाई गम्भीर असर गर्ने हुक्का विक्रि तथा सेवनमा प्रतिवन्ध लगाएको थियो ।
स्थानीय सरकार संञ्चालन ऐन ०७४ परिच्छेद ३ को धारा ११ को उपधारा ञ को १४ नं दफामा ‘स्थानियस्तरमा जनश्वास्थ्यमा प्रतिकुल असर पर्ने किसिमका उपभोग्य वस्तुहरुको बेचविखन र उपभोग तथा वातावरणीय प्रदुषण र हानिकारक पदार्थहरुको नियन्त्रण, अनुगमन तथा नियमन गर्ने अधिकार’ उल्लेख भए अनुसार होटल तथा रेष्टुरेन्ट ब्यवसायीकै सहकार्यमा सार्वजनिक स्थलमा हुक्का सेवन तथा विक्रिमा लगाएको प्रतिवन्ध प्रभावकारी भएको जनाएको छ ।
‘बेनीमा मौलाएको हुक्का विकृति रोक्न सार्वजनिक स्थलमा प्रतिवन्ध लगाएका हौं । हुक्काले केही गर्दैन भन्ने भ्रमपूर्ण मनोविज्ञानले किसोर/किसोरी समेत सार्वजनिक स्थलमा अभिभावक र मान्यजनकै अगाडी हुक्का तान्ने मात्र हैन, निकोटिनको लतमा फसाई रहेको थियो र सामाजिक मर्यादा पनि भत्काएको थियो’ बेनी नगरपालिकाका मेयर सुरत केसीले भने, ‘सार्वजनिक स्थलमा हुक्का वारहरुलाई आ–आफ्नो ब्यवस्थापन गर्न र हामीले कार्यविधी बनाई कार्यान्वयन गरेका छौं ।’
ध्रुमपान तथा सूर्तिजन्य पदार्थ सेवन गर्न आफुभन्दा माथिल्लो पुस्तासंग लजाउने, डराउने किसोरकिसोरी, युवायुवतीहरु रेष्टुरेन्टहरुमा हुक्का निर्धक्क सेवन गर्छन । केहीले त मेनुमा मात्र होईन, वोर्डमै हुक्का वार लेखेका हुन्छन । अझ रेष्टुरेन्ट वा वारमा बसेर हुक्का सेवन गर्दे गरेको तस्वीर सामाजिक संञ्जालमा राख्ने प्रवृत्तिले कलिला बालबालिकाको सोचाईमा समेत असर पारेको छ । हुक्काले खुल्लमखुल्ला कुलतलाई बढवा दिईरहेको छ ।
स्याउ, आरु, नरिवल, आँप, पुदिना, कोला, स्ट्रेबेरी आदी फ्लेवरमा पाईने हुक्का सूर्तीलाई चारकोलको कोईला प्रयोग गरी सल्काईन्छ । गाउँघरबाट प्रायः लोप भएको पित्तल र काठबाट निर्मित तमाखु हुक्कालाई काँचका रंगिन भाँडोमा विभिन्न फ्लेवरयुक्त हुक्का प्रयोगमा छन ।
फेसन र मनोरञ्जनको साधनको रुपमा प्रयोग भैरहेको हुक्का सूतिजन्य पदार्थ सेवन भन्दा सयौं गुणाबढी घातक भएको श्वास्थ्यविदहरुले बताएका छन । विभिन्न फ्लेवरको धुँवा पानीबाट पास भएर फिल्टरहुने भन्दा सुर्तिजन्य पदार्थ र चुरोटभन्दा सुरक्षित छ भन्ने गलत बुझाई झन घातक छ ।