FLASH NEWS
  • Loading...

ओ ! सुनगाभा

  • पुनहिल डट कम
  • ३ हप्ता अघि
  • १६२ पटक पढिएको
ओ ! सुनगाभा

वनस्पतिमा सुनगाभालाई सवैभन्दा बढी ‘सेक्सी फुल’ मानिन्छ । र अहिले लाग्दाे चैतदेखी नै वनपाखामा सुन्दर सुनगाभा/सुनाखरी फुल्न थालेका छन । सुनगाभा/सुनाखरी फुल उचाइ र क्षेत्रहेरी चैतदेखी असारसम्म फुल्ने गर्छ ।


रङ्गीविरङ्गी तथा वासनायुक्त सुनगाभाको पुष्पाकृति, रङ, साजसज्जा र फरक आर्कषणले अत्यन्तै सुन्दर देखिन्छन । सुनगाभाको फुलहरु माउ बोटबाट काटेर छुट्टै फुलदानीमा सँजाउँदा समेत लामो समयसम्म ओईलाउँदैन । अन्य रुखमा हुर्कने र बढ्ने भएपनि सुनगाभा ऐँजेरु जस्तो परजीवी वनस्पति भने होईन । सुनगाभाले आफु हुर्केको रुख वा पहराबाट नभै हावाबाट आफ्नो खानेकुरा लिन्छन ।


सुनगाभा औषधीजन्य वनस्पती हो । चावनप्रास समेतका जडिबुटीजन्य सामाग्रीमा पनि सुनगाभा मिसाईएको हुन्छ । नेपाली समाजमा ज्वरो, दमखोकी तथा घाँटी दुख्दा केही प्रजातिका सुनगाभा औषधीको रुपमा समेत प्रयोग गर्छन ।

यो यौनवर्द्धक औषधीको रुपमा पनि प्रयोग गरिन्छ । सुनगाभा परिवार भित्र १७ हजार प्राकृतिक र हजारौं मानवकृत ठिमाह जातिका वनस्पति पर्छन ।


संसारभरी पाईने सुनगाभा सवैभन्दा बढी प्रजाति भएको वनस्पति हो । नेपालको तराई, चुरे र महाँभारत पहाडसम्म एक सय ७५ प्रजाति सुनगाभा पाईन्छन । सुनगाभा वा सुनाखरीको बैज्ञानिक नाम भने अर्किडासी हो । पुष्पखेती ब्यवासयीले विदेशी सुनगाभाको पनि खेति गर्छन ।

सुनगाभाका पारखीहरुले घरमा पनि फरक शैली र तरिकाले फुलाएका हुन्छन । स्थान र हावापानी विशेषका आधारमा फुल्ने समय फरक परेपनि चैत–असारसम्म बढी प्रजातिका सुनगाभा रुखका काप र पहराको चेपमा झुण्डीएर उम्रन्छन ।