FLASH NEWS
  • Loading...

मंगला शिक्षा क्याम्पसका तेस्रो क्याम्पसभा सकियाे, अधिवेशन वैशाख ३ गते गरिने

  • पुनहिल डट कम
  • ३ हप्ता अघि
  • १२७ पटक पढिएको
मंगला शिक्षा क्याम्पसका तेस्रो क्याम्पसभा सकियाे, अधिवेशन वैशाख ३ गते गरिने

म्याग्दीको मंगला गाउँपालिका–२,लाम्पाटामा स्थित मंगला शिक्षा क्याम्पसकाे तेस्रो क्याम्पसभा तथा अधिवेशन सुरू भएकाे छ ।

क्याम्पस सभा तथा अधिवेशनको जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाले शनिवार एक समाराेह विच उद्घाटन गरे ।

अागामी वैशाख ३ गते क्याम्पस संञ्चालक समितीकाे नेतृत्व चयन गर्ने गरी अधिवेशनकाे काम स्थगितगरी सभाकाे कार्यक्रम भने शनिवार नै सम्पन्न भएकाे मंगला शिक्षा क्याम्पसले जनाएकाे छ ।

क्पाम्पस सभामा प्रमुख अतिथी थापा, मंगला गाउँपालिका अध्यक्ष सतप्रसाद राेकासमेत बक्ताहरूले पश्चिम म्याग्दीको शैक्षिक हब बनाउने उद्देश्यसहित स्थापित मंगला क्याम्पसले शिक्षा संकाय बाहेक प्राविधिक र ब्यवस्थापन संकाय समेत थप गर्ने र बजारमा छिटो रोजगारी पाउने र आकर्षक कमाई हुने भनिएको प्राविधिक धारका विषयलाई प्राथमिकता दिनुपर्ने सरोकारवाला निकायले जोड दिए ।