FLASH NEWS
  • Loading...

अभिसेक नेपाली र विक्रम सुवेदी बने निलगिरी यातायात ब्याडमिन्टन च्याम्पिएन

  • पुनहिल डट कम
  • ३ हप्ता अघि
  • १९८ पटक पढिएको
अभिसेक नेपाली र विक्रम सुवेदी बने निलगिरी यातायात ब्याडमिन्टन च्याम्पिएन

सदरमुकाम बेनीको कालीपुल स्थित कभर्ड हलमा सम्पन्न म्म्याग्दी जिल्ला स्तरिय सि लेभल ब्याडमिन्टन प्रतियोगितामा समुह ‘समुह सी’ तर्फ अभिसेक नेपाली र सफल कंडेल निलगिरी यातायात ब्याडमिन्टन च्याम्पिएन बनेका छन ।
प्रतियोगिताको सि लेभलमा लोकेस पुन र विक्रिम सुवेदीको समुह दोसो तथा जीवन काकी/तारा पुन र दलबहादुर पुन/टिका पुनको जोडी तेस्रो भए । प्रतियोगितामा ३२ टिमले प्रतिस्पर्धा गरेका थिए ।
आयोजक निलगिरी यातायात प्रालिका अध्यक्ष प्रविण शाहीका अनुसार प्रतियोगिताका पहिलो, दोस्रो र तेस्रो हुने टिमले क्रमशः ३० हजार, २० हजार र ५/५ हजार नगदसहित मेडल र प्रमाण पत्र जिते
त्यसैगरी डि लेभल तर्फको प्रतियोगिता तर्फ लविन्द्र थापा र पूर्णबहादुर पुर्जाको जोडी पहिलो, मइन लामा र सागर मगरातीको जोडी दोस्रो तथा प्रविन शाही/विजय किसान र सोम गुरुङ/अमन गुरुङ तेस्रो भए । डि लेभल प्रतियोगिताका विजेताले क्रमश २० हजार, १२ हजार र ३/३ हजार नगदसहित मेडल र प्रमाण पत्र प्राप्त गरेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीले बताए ।