FLASH NEWS
  • Loading...

बेनी नगरपालिकाद्वारा माछाका भुरा वितरण

  • पुनहिल डट कम
  • ३ हप्ता अघि
  • १३८ पटक पढिएको
बेनी नगरपालिकाद्वारा माछाका भुरा वितरण

बेनी नगरपालिकाले अाव ०८०/८१ काे स्वीकृत कार्यक्रम अन्तर्गत नगरपालिका क्षेत्रका २९ जना कृषकलाइ १५ हजार माछाका भुरा वितरण गरेकाे छ ।

माछाका भुरा बेनी नगरप्रमुख सुरत केसी, प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद पाैडेलले शुक्रवार कृषकहरूलाइ हस्तान्त्रण गरेका हुन । कृषकाे पाेखरीकाे क्षेत्रफलकाे अाधारमा प्रति कृषक ३ सयदेखी ६ सयसम्म ग्रासकार्प, सिल्भरकार्प समेतका माछाकाे भुरा पाेखराकाे बेगनासतालबाट ल्याइ वितरण गरिएकाे बेनी नगरपालिका पशु सेवा शाखाले जनाएकाे छ ।