FLASH NEWS
  • Loading...

बेनीबाट घाेरेपानी जान छुटेकाे बस ५ मिनेटमै दुर्घटना, २६ जना घाईते, अधिकांश महिला, बालबालिका

  • पुनहिल डट कम
  • ३ हप्ता अघि
  • ४७०९ पटक पढिएको
बेनीबाट घाेरेपानी जान छुटेकाे बस ५ मिनेटमै दुर्घटना, २६ जना घाईते, अधिकांश महिला, बालबालिका

सदरमुकाम बेनीबाट पर्यटकीय वस्ती घोरेपानीकालागी छुटेको ग १ ख ५६५५ नम्बरको यात्रुबाहक बस बेनी नगरपालिका, ६ जलेश्वरमा दुर्घटनाग्रस्तहुँदा चालकसमेत २६ जना घाईते भएका छन । घाईतेमध्य प्रायःसवै महिला तथा बालबालिका छन ।
जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी कुमार गुरुङका अनुसार दुर्घटनामा घाईतेहुनेहरुमा चालक बेनी नपा, ६ डम्बराका अधिकार सापकोटा, मालिका गापा घर भै हाल मंगलाघाट वस्ने कामना रोका (२५), धवलागिरी गापा, ५ घर भै बेनी बस्ने झगकुमारी छन्त्याल (४७), अंशु जिसी (६), लालमाया पुन (४६), सुनिता पुन उनका छोरा दगिन पुन (१०) रोरी सोनी पुन (८), लक्ष्मी घिमिरे, टिजल रोका, बेनी नपा, ५ की सुमन बानियाँ (२५), उनका छोरा सुगम खड्का (९), मालिका, ६ की लक्ष्मी पुन, आयुशा रोका (९) रहेकी छिन ।


त्यसैगरी घाईते हुनेहरुमा तनहुँ भिमाद घर भै बेनी बस्ने केशरमायाँ रोका, उनका छोरा क्रिश्चल राना (५), छोरी कन्चन राना (१७), इनदेवी फगामी (३०) उनका छोरा शिखर फगामी (१२), छोरी शिवन्या फगामी (८), दुर्गादेवी घर्ती (५०), पुर्णदेवी गर्वुजा (३२) छोरा दिवन गर्वुजा (८), सोनी जुग्जाली, नरमायाँ रोका र उनका छोरा सामिर रोका रहेका छन ।
घाईतेमध्य नरमायाँ रोका, सामिर रोका, शिवन्या फगामीसमेत कम्तीमा ४ जनालाई थप उपचारकालागी पोखरा रिफर गरिएको छ । बाँकीको बेनी अस्पतालमा उपचार भैरहेको छ । घाईतेको सनाखत गर्नेकाम भैरहेकोले थप विवरण आउने बाँकीी रहेको छ ।


दुर्घटनामा घाईतेहरु सवै जिल्लाका विभिन्न पालिका स्थाई घर भै हाल बालबालिका पढाउन सदरमुकाम बेनी नपा, ७ मंगलाघाट बस्नेहरु हुन । उनीहरु विद्यालयहरुको बार्षिक परिक्षा तथा माध्यामिक शिक्षा परिक्षा (एसईई) परिक्षापछि फुर्सदिला बालबालिकाहरुलाई घुमाउन अन्नपूर्ण गाउँपालिका, ६ घोरेपानी/पुनहिल घुम्न हिंडेका थिए । बस बेनीबाट छुटेको ५ मिनेटमै दिउँसो ४ बजे दुर्घटनामा परेको हो ।