FLASH NEWS
  • Loading...

ढोरपाटनमा वसन्तयामको शिकार सुरु, ११ वटा निलभेडा र ७ वटा हिमाली थारकाे शिकार गरिने

  • पुनहिल डट कम
  • ३ हप्ता अघि
  • १३३ पटक पढिएको
ढोरपाटनमा वसन्तयामको शिकार सुरु, ११ वटा निलभेडा र ७ वटा हिमाली थारकाे शिकार गरिने

वसन्तयामको शिकार खेल्ने शिजन सुरू भएसँगै शिकारीहरू ढाेरपाटन शिकार अारक्ष उक्लन थालेका छन ।

यस सिजनमा  दुई जना अमेरिकन, एक जना स्पेन , एक रसियन, दुई जना वुल्गेरियन, एक जना मेक्सिकन, २ जना स्पिनियाला , र एक जना उत्वेकिस्तानका गरी ११ जना शिकारीले राष्ट्रिय निकञ्ज तथा वन्यजन्तु संरक्षण विभागबाट ११ वटा नाउर (निलभेडा), ७ वटा झारल (हिमाली थार) र ४ वटा वँदेलको शिकार गर्न अनुमति लिएकाे ढाेरपाटन शिकार अारक्ष कार्यालय ढाेरपाटन बाग्लुङले जनाएकाे छ ।
यो सिजनको पहिलो शिकारीको रुपमा ढोरपाटन शिकार आरक्ष अर्न्तगत पूर्वी रुकुममा पर्ने दोगाडी शिकार ब्लगमा स्पेनका शिकारी पर्यटक गोल्जालेज रिभिल्लाको समुहले शिकार गरेको ढोरपाटन शिकार आरक्षको कार्यालय ढोरपाटनले जनाएको छ । आरक्षका अनुसार यस वर्ष मेक्सिकोका मौरिओ हर्नाडेज अल्भारेज एक्लैले दुई वटा नाउरको शिकार गर्ने अनुमति लिएका छन ।
आरक्षका अनुसार यस वर्ष पूर्वी रुकुममा पर्ने वार्से, फागुने, दोगाडी, सेङ, घुस्तुङ र सुन्दह गरी ६ वटा ब्लकमा शिकार खेलाईने भएको छ । शिकिार खेलाउन हिमालयन सफारी, नेपाल वाईल्ड लाईफ सफारी, ग्लोवल सफारिज, नेपाल ट्राभल, ओपन नेपाल वाईल्डलाईफ समेतका ५ वटा कम्पनीले सिकार खेलाउने अनुमति लिएका हुन ।
‘यस वसन्त यामको शिकार सिजनमा ५ वटा कम्पनीबाट ११ नाउर, ७ झारल र ४ बेंदेलको शिकार अनुमति लिएर फिल्डमा आएका छन । हाम्रा कर्मचारीहरु अहिले सिकारी समुहसँगै फिल्डमा छन’ ढोरपाटन शिकार आरक्षका प्रमुख संरक्षण अधिकृत विरेन्द्रप्रसाद कंडेलले भने, ‘वैशाख तेस्रो सातासम्म सिकार सिजन हुने छ । नेपालीलाई पनि बँदेल सिकार खेल्न अनुमति दिने ब्यवस्था भएपनि कोही नेपाली शिकारी प्रतिस्पर्धामा आएनन ।’
शिकार अनुमति पाएका सवै शिकारीले तोकिएको ब्लकमा स्वीकृत वन्यजन्तुको शिकार खेल्न बढीमा ४०–४० थान मात्र गोली प्रयोग गर्न पाउने छन । ढोरपाटन शिकार आरक्षमा २०४४ सालदेखी विदेशी शिकारीले मात्र नाउर र झारलको शसुल्क शिकारबाहेक पुरक शिकारको रुपमा एक–एक वटा बँदेल र रतुवा तथा १० वटासम्म चराको निःशुल्क शिकार गर्न पाउने ब्यवस्था छ ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागबाट अनुमति लिएरु सेङ, घुस्तुङ, दोगाडी, बार्से, फागुने, सुनदह र सूर्तिवाङ्ग ब्लकमा नाउर, झारल र बँदेलको शिकार खेल्न पाईन्छ । तर शिकारीलाई एकै स्थानमा शिकार गर्न भने निषेध छ ।
हतियार वा पासोको सहायताद्धारा जनावर वा पंछिको प्राकृतिक वासस्थानको सेरोफेरोमा मार्ने प्रकृया लाई ि्शकार खेल्ने र जंगली जनावरको माशुलाई शिकार भनिन्छ । सभ्यताको प्रारम्भकालमा मान्छेले भोक मेट्न शुरु गरेको जंगली जनावरको शिकार गर्ने संस्कृति आजको आधुनिक विश्वमा महंगो सोखको माध्यम बनेको छ । शिकार खेल्नु निक्कै संघर्षपूर्ण र जोखिमपूर्ण छ तर शिकारीकालागी उत्तिकै आनन्ददायी सौख पनि । शिकार खेल्नु आर्थिक रुपमा महंगो समेत छ, कहलिएका विदेशी शिकारी मात्र हेलिकोप्टर चार्टर गरी ढोरपाटनमा शिकार खेल्न आउँछन ।

ढोरपाटन शिकार आरक्षमा असोज–कात्तिक र चैत–बैशाख गरी दुई सिजनमा शिकार गर्न सकिन्छ । राष्ट्रिय निकुञ्जबाट शिकार अनुमति लिएका शिकारीले ढोरपाटन स्थित शिकार आरक्षको कार्यालयबाट जंगल प्रवेश अनुमति र तोकिएका सम्पर्क अधिकारीका साथमा मात्र शिकार गन्तब्यमा जान पाउँछन । अनुमति प्राप्त शिकारीले राती शिकार खेल्न, बच्चा र पोथी प्रजातीका वन्यजन्तुको शिकार गर्न पनि निषेध छ । राष्ट्रिय निकुञ्ज तथा बन्य जन्तु संरक्षण नियमावली २०३० को दफा ७ को (क), (ख) र (ग)मा उल्लेख भए अनुसारका हतियार खजनाको मात्र प्रयोग गर्न पाईन्छ ।