FLASH NEWS
  • Loading...

बाबियाचाैरमा एम्बुलेन्स खरिद गर्न महाँयज्ञ गरिंदै

  • पुनहिल डट कम
  • ३ हप्ता अघि
  • १८८ पटक पढिएको
बाबियाचाैरमा एम्बुलेन्स खरिद गर्न महाँयज्ञ गरिंदै

म्याग्दीको मंगला गाउँपालिका –२ बाबियाचौरमा एम्वुलेन्स खरिदका लागि श्रीमद्भागवत ज्ञान महायज्ञ आयोजना हुने भएको छ ।

देवि भगवती मन्दिर संरक्षण समिति तथा मंगला युथ क्लबको आयोजनामा आगामी वैशाख ८ गतेदेखि १६ गते सम्म ऐतिहासिक देवी महिमा श्रीमद्भागवत नबाह ज्ञान महायज्ञ एवम् धार्मिक महोत्वस – २०८१ संचालन गर्न लागिएको हो ।

बुधवार मंगला गापा, २ माटेवगर स्थित देवी भगवती मन्दिरको प्राङ्गणमा पत्रकार सम्मेलनको आयोजना गरि मंगला गाउँपालिका भित्रका आकस्मिक विरामीहरुलाई समयमै अस्पताल पु¥याउन यातायातको साधनहरुको समस्या भएको अवस्थालाई मध्यनजर गर्दै जुनसुकै समयमा पनि सेवा उपलब्ध गराउने गरि एम्वुलेन्स खरिद गर्ने महान लक्ष्य लिएर श्रीमद्भागवत नबाह ज्ञान महायज्ञ तथा धार्मिक महोत्वस संचालन गर्न लागिएको महायज्ञ मुल समारोह समितिका अध्यक्ष नविन अधिकारीले बताए।

महायज्ञ सफल बनाउनका लागि प्रचारप्रसार, आर्थिक व्यवस्थापन, कलश तथा कार्य व्यवस्थापन, निमन्त्रणा, अतिथि सत्कार, सचिवालय मञ्च व्यवस्थापन लगायतका उपसमितिहरु गठन  गरिसकिएकाे बताइएकाे छ ।  महायज्ञमा पण्डित कपिलदेव भट्टले कथा प्रवचन गर्ने भएका छन ।

२०३५ सालमा हर्क वहादुर अधिकारीको सक्रियतामा स्थापना गरिएको देवी भगवती मन्दिरमा पूजाआजा गर्नाले मनोकांक्षा पुरा हुने जनविश्वास रहेकाले प्रत्यक वर्षको चैतेदशै पर्वमा मन्दिरमा विशेष पुजाआजा गरिदै आएको छ ।