FLASH NEWS
  • Loading...

मल्लाजकाे दहमा अज्ञात ब्यक्तिद्वारा बृद्ध दम्पत्तिको हत्या

  • पुनहिल डट कम
  • ३ हप्ता अघि
  • ३६९ पटक पढिएको
मल्लाजकाे दहमा अज्ञात ब्यक्तिद्वारा बृद्ध दम्पत्तिको हत्या

म्याग्दीको बेनी नगरपालिका, ९ गलेश्वरकाे पारीपट्टी पनेर् पर्वतको जलजला गाउँपालिका, २ मल्लाज दहमा गयराती बृद्ध दम्पत्तिको हत्या भएको छ ।
गलेश्वरदेखी पारीपट्टी दह भन्ने खेतमा एकान्त स्थानमा रहेको घरमा रहेका अन्दाजी ७० बर्षिय सूर्यबहादुर जिसी र अन्दाजी ६५ बर्षिया गमला जिसीको गयराती अज्ञात समुह/ब्यक्तिले हत्या गरेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्वतका अनुसार घट्ना अनुसन्धानकालागी प्रदेश प्रहरी कार्यालय पोखराबाट तालिम प्राप्त कुकुरसहित विशेषज्ञ टोली आउने क्रम रहेकोले घट्नास्थलको मुचुल्का तयार पार्ने काम अझै बाँकी छ । घट्नास्थलमा प्रहरीले कसैलाई प्रवेश दिएको छैन ।
‘हामी घट्नाको प्रारम्भीक रिपोर्ट लिएर घट्नास्थल सुरक्षार्थ बसेका छौं । प्रदेश प्रहरी कार्यालयबाट प्राविधिक टोली आएपछि मात्र घट्नाको मुचुल्का बनाउने र अनुसन्धानको काम अगाडी बढ्छ’ घट्नास्थलमा रहेका प्रहरीले बताए । घट्नास्थलमा रहेका प्हरीले थप विवरणा दिन मानेनन् ।
जलजला गाापा, २ का वडाध्यक्ष प्रकाश जिसीका अनुसार विहान विदेश र बेनीमा रहेका छोराहरुले घरमा फोन गर्दा बाबाआमाको फोन नउठेपछि निजकका छिमेकीलाई हेर्न पठाएको र छिमेकीले घरमा बाहिरबाट चापी लगाएको, गोठमा गाई कराईरहेको भनी खवर गरेपछि बेनीमा रहेका छोरा घरमा आउँदा बृद्ध दम्पत्तिको हत्या भएको खुलेको हो ।
मृतक सूयबहादुरले हिजो राती अन्दाजी ९ बजेसम्म घर नजिकै खरवारीमा लागेको र आफु आगो निभाउन लागेको भनी वडाध्यक्षलाई फोनमा खवर गरेका थिए । स्थानीयका अनुसार दुई तल्ले घरको भुई तल्लामा भित्र बृद्ध भुईमा र बृद्धा खाटमाथी पल्टेको देखिने, भुईमा रगताम्मे देखिएको छ ।
सोमबार राती ९ बजेसम्म फोनमा कुरा भै सुतेका बाबुआमा विहान एक्कासी घरमा बाहिरबाट चापी लगाएर कताग ए भनी खोज्न छोरा विहान करिव ८ बजे घर पुग्दा वल्न बृद्ध दम्पत्तिको हत्या भएको खुलेको हो । दम्पक्तिका दुई छोरा बैदेशिक रोजगारीत्रममा कोरियामा रहेको र अर्का छोरा म्याग्दी सदरमुकाम बेनीमा फेन्सी पसल चलाई बसेको स्थानीयले बताए ।