FLASH NEWS
  • Loading...

म्याग्दीकाे एसईई परिक्षा ः कतै सुत्केरी कतै आमाछोरा सहभागी, २० जना परिक्षार्थी अनुपस्थित

  • पुनहिल डट कम
  • ४ हप्ता अघि
  • २०८ पटक पढिएको
म्याग्दीकाे एसईई परिक्षा ः कतै सुत्केरी कतै आमाछोरा सहभागी, २० जना परिक्षार्थी अनुपस्थित

यस वर्षको माध्यामिक शिक्षा परिक्षा (एसईई) परिक्षामा म्याग्दीका मुक्तिधाम माध्यामिक विद्यालय परिक्षा केन्द्रमा सिस्बोल नं ०५१०१४८७ ए भएकी २६ दिनकी सुत्केरी दटिका छन्त्याल सहभागी भएकी छिन ।
रघुगंगा गाउँपालिका, ९ कुईनेमंगले स्थित रितुङ माध्यामिक विद्यालयबाट एसइइ परिक्षामा सहभागी छन्त्याल एक दिन हिंडेर तल सोही गापा, २ भगवती स्थित मुक्तिधाम माध्यामिक विद्यालयमा परिक्षा दिन आएकी हुन ।
त्यस्तै सोही विद्यालयबाट एसइइ परिक्षामा सहभागी हुनु पर्ने सिम्बोल नं ०५१०१४८८ वि भएकी अर्की विद्यार्थी हेजिना छन्त्याललाई श्वास्थ्यकर्मीले चैत १५ गते नै सुत्केरी हुने मिती दिएकोले परिक्षामा सहभागी हुन सकिनन ।
‘हाम्रो परिक्षा केन्द्रबाट एक जना २६ दिनकी सुत्केरी एसईइ परिक्षामा सहभागी छिन । अर्की छात्राको डाक्टरले आज चैत १५ गते नै सुत्केरी हुने अनुमानित मिती दिएकोले एसईइ परिक्षामा अनुपस्थित हुन नसकेकाे भन्ने खवर छ ।’ मुक्तिधाम माध्यामिक विद्यालय राखुका केन्द्राध्यक्ष टेकबहादुर केसीले बताए ।
त्यस्तै, सदरमुकाम बेनीको न्यूवेष्ट पोईन्ट आवसिय मावि परिक्षा केन्द्रमा ४१ बर्षिया कुमारी थापाले र बेनी सामुदायीक मावि परिक्षा केन्द्रमा सहभागी विपिन थापा एसईइ परिक्षामा सामेल भए । कुमारी र विपिन थापा आमाछोरा हुन । कुमारीले उज्यालो बैकल्पिक विद्यालयबाट र विपिनले प्रकाश माविबाट परिक्षामा सहभागी छन ।
नियमित तर्फ छात्रा र छात्र बराबरी ९ सय ५२/९ सय ५२ जनागरी १ हजार ९ सय ४ जना  हजार ८ सय ४० जना परिक्षामा सहभागी भए । विविध कारणाले २० जना विद्यार्थी परिक्षामा अनुपस्थित रहे ।

शिक्षा विकास तथा समन्वय इकाइका अनुसार यस वर्षकाे एसइइ परिक्षामा सर्वाधिक धेरै मालिका गापाकाे जनप्रिय माध्यामिक विद्यालय परिक्षा केन्द्रबाट २ जना छात्रासमेत ७ जना विद्यार्थी परिक्षामा अनुपस्थित रहे । ९ वटा परिक्षा केन्द्रमध्य  सदरमुकामकाे बेनी सामुदायीक  मावि र मंगला गापाकाे मंगला मावि परिक्षा केन्द्रमा बाहेक सवै परिक्षा केन्द्रमा अनुपस्थिती देखियाे ।

त्यस्तै, हेम मावि परिक्षा केन्द्रमा १ जना, धवलागिरी मावि परिक्षा केन्द्रमा ४ जना, प्रकाश मावि परिक्षा केन्द्रमा ३ जना, न्यूवेष्ट पाेइन्ट केन्द्रमा २ जना, मुक्तिधाम मावि परिक्षा केन्द्रमा २ र अन्नपुर्ण गापाकाे मुक्तिमार्ग मावी परिक्षा केन्द्रमा १ जना परिक्षार्थी अनुपस्थित रहेकाे शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख दलबहादुर थापा मगरले बताए । इकाइका अनुसार सवैभन्दा कम अन्नपूर्ण गाउँपालिका, ७ हिस्तान स्थित टिकोट माध्यामिक विद्यालयबाट ४ जना र बढी सदरमुकाम बेनीको बेनी सामुदायीकबाट एक सय १९ जना विद्यार्थी एसईई परिक्षामा सामेल भएका छन ।