FLASH NEWS
  • Loading...

लोकदिप सहकारीको स्वास्थ्य शिविरमा २ सयबढी लाभान्वित

  • पुनहिल डट कम
  • १ महिना अघि
  • १२३ पटक पढिएको
लोकदिप सहकारीको स्वास्थ्य शिविरमा २ सयबढी लाभान्वित

म्याग्दी बेनीमा सञ्चालित लोकदीप बचत तथा ऋण सहकारी संस्था लि. को ११औँ स्थापना दिवसको अवसरमा सोमबार आयोजित स्वास्थ्य शिविरमा २ सयभन्दा बढी लाभान्वित भएका छन् ।

सहकारीका सेयर सदस्यलाई लक्षित गरी आयोजित निःशुल्क सुगर, प्रेसर र दाँत चेकजाँच शिविरमा २ सय ९ जनाले स्वास्थ्य सेवा लिएका छन् । शिविरको उद्घाटन गदैं सहकारी संघ म्याग्दीका अध्यक्ष दिपक कार्की‐विर्खचीले वित्तिय सेवामात्रै नभई सहकारीले सेयर सदस्य लक्षित कारेवार गर्न सुझाए ।

‘सेयर सदस्यको हितमा काम गरिरहेका सहकारी सधै बलियो हुन्छ, सेवामुलक र वित्तिय साक्षरतामार्फत सहकारीप्रतिको भ्रम चिर्नुपर्छ’ अध्यक्ष कार्कीले भने, ‘सहकारीका सञ्चालन, कर्मचारी इमान्दार भएको सहकारी कहिल्यै कमजोर अवस्थामा नपुग्दैन ।’

शिविरमा सुगर,प्रेसर र दाँतको चेकजाँच तथा अन्य स्वास्थ्य समस्याका बारेमा समेत जानकारी गराइएको थियो । शिविरमा बेनी अस्पतालका मेडिकल अधिकृत डा. गोविन्द पोख्रेल,कोर स्माईल डेन्टल क्लिनिकका डा. मोचन श्रेष्ठ र बेनी अस्पतालमा ल्याब टेक्निसियन सिताराम श्रेष्ठले चेकजाँच गरेका सहकारीका प्रबन्धक नेत्रराज सुबेदीले बताए ।