FLASH NEWS
  • Loading...

चैत २४ र २५ गते बेनीमा सि र डि लेभर ब्याडमिन्टन प्रतियोगिता हुने

  • पुनहिल डट कम
  • १ महिना अघि
  • २०४ पटक पढिएको
चैत २४ र २५ गते बेनीमा सि र डि लेभर ब्याडमिन्टन प्रतियोगिता हुने

सदरमुकाम बेनीको कालीपुल स्थित कभर्ड हलमा चैत २४ र २५ गते म्याग्दी जिल्ला स्तरिय सि र डि लेभल ब्याडमिन्टर प्रतियोगिता हुने भएको छ ।
प्रतियोगितामा सि लेभलका पहिलो, दोस्रो र तेस्रो हुने टिमले ३० हजार, २० हजार र ५/५ हजार नगद, मेडल र प्रमाण पत्र तथा डि लेभल प्रतियोगिताका विजेताले क्रमश २० हजार, १२ हजार र ३/३ हजार नगदसहित मेडल र प्रमाण पत्र जित्ने छ ।
‘स्वास्थ्यकालागी खेलकुद’ भन्ने नारासहित आयोजना हुने प्रतियोगितामा सि लेभलकालागी ३ हजार डि लेभलकालागी २ हजार प्रवेश शुल्क तोकिएको मुख्य आयोजक निलगिरी यातायात प्रालिका प्रविण शाहीले बताए । प्रतियोगिताको सहआयोजकमा जिल्ला खेलकुद विकास समिति र ब्याडमिन्टन संघ रहेका छन ।
ब्याडमिन्टन खेल अलि महंगो हुने भएकोले समाजको एउटा वर्गले घरानियाँ खेल भनी अर्थ्याउने गर्छन ।