FLASH NEWS
  • Loading...

असिनाले रघुगंगाकाे राखु क्षेत्रकाे गहुँ र फलफुल खेतीमा क्षति

  • पुनहिल डट कम
  • १ महिना अघि
  • ८८९ पटक पढिएको
असिनाले रघुगंगाकाे राखु क्षेत्रकाे गहुँ र फलफुल खेतीमा क्षति

लामो खडेरीले सुकेका गहुँवालीमा आईतवार दिउँसो परेको भारी असिनापानीले ब्यापक क्षति पुर्‍याएको छ । असिनाले भर्खर फुल/फल लागेको सुन्तला, मौषम, कागती लगाएत फलफुल खेतीमा पनि नराम्रो असर गरेको छ ।
आईतवार दिउँसो रघुगंगा गाउँपालिका, वडा नं २ भगवती र ३ पिप्ले क्षेत्रमा परेको भारी असिनापानीले गहुँ वाली, सुन्तला समेत फलफुल खेती र तरकारी खेतीमा ब्यापक क्षति पुर्‍याएको हो । पिप्ले र भगवती क्षेत्रमा दिउँसो दुई बजे र साँझ ५ बजे दुई पटक असिना परेको थियो ।


रघुगंगा गापा, वडा नं १ बेग र ४ दग्नाम तथा बेनी नगरपालिका, ९ घतान, १० पात्लेखेतको नेपाने क्षेत्र र अन्नपूर्ण गापा, ७ को औल तथा ८ नम्बर वडा राम्चे क्षेत्रमा पनि असिनाले सामान्य क्षति पुर्‍याएको कृषकहरुले बताएका छन । असिनाले भगवती र पिप्ले क्षेत्रमा भने ब्यापक क्षति पुर्‍याएको छ ।


‘कात्तिकयता पानी परेको थिएन । आज एक्कासी भारी असिनापानी पर्‍यो र सवै वाली नष्ट गरिदियो । एक फिट बाक्लो असिना २ घन्टासम्म पग्लेको थिएन’ रघुगंगा गापा, ३ पिप्ले स्थित रघुगंगा माध्यामिक विद्यालयका प्रध्यानअध्यापक रमेश सिं ठकुरीले भने, ‘हिउँदभरीको खडेरीले सुकेको गहुँवालीमा ७० प्रतिशतबढी क्षति पुगेको छ । फलफुलका भर्खर लागेका फुल/फल पुरै झारेको छ ।’ *तस्वीर ः रमेश सिं ठकुरी ।