FLASH NEWS
  • Loading...

अाझेलमा क्षयराेग, क्षयरोगी बढेको बढ्यै, सराेकारवालाकाे वेवास्ता

  • पुनहिल डट कम
  • १ महिना अघि
  • १५२ पटक पढिएको
अाझेलमा क्षयराेग, क्षयरोगी बढेको बढ्यै, सराेकारवालाकाे वेवास्ता

राेगबाट हुने मृत्यु मध्य छैठाैं घातक  क्षयराेग  पहिचान, निदान, राेकथाम र उपचारका सराेकारवालाकाे चासाे र प्राथमिकता नपर्दा जिल्लामा सकृय क्षयरोग संत्रमितको संख्या बर्षेनी बढ्दै गएको पाईएको छ ।

श्वास्थ्य कार्यालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार आव ०७७/७८ मा जिल्लामा ४८ जना सक्रिय क्षयरोगी पक्ता लागेकोमा अार्थिक वर्ष ०७८/०७९ मा बढेर ५८ जना र ०७९/०८० मा सकृय क्षयरोग संत्रमितको संख्या ६३ पुगेको छ । क्षयरोग संक्रमितको संख्या बर्षेनी बढेको भएपनि जिल्लामा नयाँ क्षयरोग संक्रमित पत्ता लगाउने अनुपात भने ज्यादै न्यून रहेको छ । श्वास्थ्य कार्यालयको लक्ष्य अनुसार प्रति एक लाख जनामा क्षयरोग परिक्षण गर्दा दुई सय ४९ जनामा क्षयरोग पत्ता लाग्नु पर्ने हो ।

श्वास्थ्य मन्त्रालयको एक सर्वे अनुसार म्याग्दीको एक लाख ७ हजार जनसंख्यामा बार्षिक दुई सय ५० जनाबढी क्षयरोगी पत्ता लाग्नु पर्ने हो । तर जम्मा ६३ जना मात्र पत्ता लागेका छन । अझ चालु आवको फागुनसम्म यो संख्या जम्मा २४ वटा मात्र सत्रिय क्षयरोगी पत्ता लागेका छन ।

‘क्षयरोग नेपालमा नसर्ने रोगबाट हुने मृत्यु मध्य छैठौं जोखिमको रोग हो । सरकार, श्वास्थ्यकर्मी, समुदाय र संक्रमणको उच्च जोखिममा रहेका ब्यक्तिहरु समेत क्षयरोग प्रति सिरियस नै देखिएका छैनन । र म्याग्दीमा पनि नयाँ क्षयरोग संक्रमित पत्ता लगाउने दर ज्यादै न्यून छ’ श्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख भुवन ठकुराठीले भने, ‘उच्च मृत्यु दर भएको घातक रोग मध्यको क्षयरोग पहिचान, निदान र रोकथाम र उपचार चारै चरणमा समुदाय, अभियन्ता, श्वास्थ्यकर्मी र विरामी स्वयंमले सिरियस्ली लिएकै छैन ।’

शरिरको तौल घट्ने, सुख्खा खोकी लागिरहने, राती ज्वरो आउने र पसिना आउने मुख्य लक्षण भएको क्षयरोग ७५ प्रतिशतलाई फोक्सोमा लाग्छ । क्षयरोग पाठेघर, पेट, हड्डी, कलेजो, मृगौलामा लाग्ने हुन्छ । क्षयरोग खकार, रगत र छालाको परिक्षणबाट पत्ता लाग्ने भएपनि म्याग्दीमा खकारबाट मात्र परिक्षण हुने ल्याव सुविधा छन ।

सरकारले सन् २०३५ सम्म नेपालबाट क्षयरोग संक्रमण ९६ प्रतिशत घटाउने र मृत्यु दर ९० प्रतिशत कम गर्ने लक्ष्य राखेको छ । त्यसकाालागी समुदाय स्तरमा चिकित्सक, श्वास्थ्यकर्मी वा तालिम प्राप्त स्वयंमसेवक परिचालन गरी ‘सक्रिय खोजपड्ताल’ मार्फत समुदायमा छिपेर रहेका ‘सक्रिय क्षयरोग’ पत्ता लगाउन प्रदेश र स्थानीय तहमा बजेर ब्यवस्था गरेपनि प्रभावकारी अभियान भएको छैन । अहिले पक्ता लागेका सत्रिय क्षयरोग संक्रमितहरु आफै श्वास्थ्य संस्था आएका हुन । केही संक्रमित अन्य निकाय/जिल्लामा क्षयरोग पत्ता लागेर औषधी सेवन गर्न यहाँ अभिलेख भएका पनि छन ।

श्वास्थ्यकर्मीहरुका अनुसार क्षयरोग संक्रमितको संख्या घट्नु वा कम फेला पर्नु राम्रो हुन फर्ने हो तर समाजमा क्षयरोगी धेरै छन र अर्को ब्यक्तिलाई सार्न सक्ने जोखिम बहन गरेका क्षयरोग संत्रमितको संख्या घट्नु झन जोखिमब बढ्नु हो । समुदाय स्तरमा सक्रिय जाँचपड्ताल (स्क्रिनिङ क्याप्प)बाट समाजमा छिफेर रहेका सक्रिय तथा निस्कृय संत्रमित खोज्न र तिनलाई प्रभावकारी उपचारबाट नियन्त्रण गर्नु नै सुरक्षित रहनु हो ।

‘क्षयरोग समाजमा भुसको आगो झै फैलिएको छ तर परिक्षण नै नभएकोले केश पत्ता लाग्ने दर न्यून देखिएको हो । त्यति मात्र होईन क्षयरोग परिक्षण गर्ने ल्याव पनि जिल्लाभर जम्मा तीन वटा छन । त्यसमा पनि नियमित ल्यावटेक्निसियन नहुँदा समस्या भएको छ’ श्वास्थ्य कार्यालयका क्षयरोग हेर्ने परिवार नियोजन सुपरभाईजर गणेश सुवेदीले भने, ‘गत वर्ष ड्रग रेसिस्टेन्ट विरामी पनि फेला फरे । लुकेर रहेका सक्रिय र निस्कृय दुवै खालका क्षयरोगका संत्रमित पत्ता लगाउनु आवश्यक छ ।’

सरकारले क्षयरोग नियन्त्रण गर्न बजेट सहित हरेक स्थानीय तहमा एक जना क्षयरोग संयोजक राख्ने ब्यवस्था गरेको भएपनि जिल्लाका सवै ६ वटा स्थानीय तहहरुमा क्षयरोग संयोजक तोकिएको छैन । क्षयरोग निवारण/नियन्त्रणमा काम गरिरहेको श्वास्थ्य कार्यालय म्याग्दीमै क्षयरोग परिक्षण ल्याव छैन । न टेक्निसियन नै छन । म्याग्दीको मालिका गाउँपालिकाको दरवाङ प्राथमिक श्वास्थ्य केन्द्र, सदरमुकामको बेनी अस्पताल र अन्नपूर्ण गाउँपालिकाको भुरुङ श्वास्थ्यचौकीमा मात्र खकार जाँच्ने ल्याव छन । तर ल्याव टेक्निसियन नियमित उपलब्ध नहुँदा क्षयरोग पत्ता लागउन गरिनु पर्ने प्रमुख परिक्षण खकार परिक्षण नै हुन सकेको छैन ।