FLASH NEWS
  • Loading...

ईआईए छल्न बजेट पालिकामा स्थानन्त्रण गर्दै पूर्वाधार कार्यालय

  • पुनहिल डट कम
  • १ महिना अघि
  • १६१ पटक पढिएको
ईआईए छल्न बजेट पालिकामा स्थानन्त्रण गर्दै पूर्वाधार कार्यालय

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) अर्न्तगत पर्ने गुराँशको जंगल भित्र निर्माण प्रस्तावित सडक खन्न वातावरणीय प्रभाव मुल्याङ्कन (ईआईए) गर्नु पर्ने भएपछि पूर्वाधार विकास कार्यालयले बजेट अन्नपूर्ण गाउँपालिकामा स्थानन्त्रण गर्ने प्रयासमा लागेको छ।
गण्डकी प्रदेश सरकारले चालु आर्थिक बर्षको बजेटमा म्याग्दीको अन्नपुर्ण गाउँपालिका, ६ घोरेपानी र कास्कीको अन्नपूर्ण गापा, उल्लेरी गाउँ जोड्ने (पोखरा–मुक्तिनाथ वाईपास मार्ग) सडक खन्न बजेट खर्च शिर्षक ३११५१ अर्न्तगत विनियोजित ३० लाख रुपैयाँ स्थानीय तहमा हस्तान्त्रण गर्न खोजिएको हो ।
एक्यापको कार्यक्षेत्र भित्र संरक्षित लालीगुराँशको जंगल फाँडेर सडक खन्न विस्तृत वातावरणीय प्रभाव मुल्याङ्कन (आईईई) गर्नु पर्ने तथा वन मन्त्रालयको स्वीकृति लिनु पर्ने भएपछि पूर्वाधार कार्यालयले उल्लेरी–वनठाँटी–घोरेपानी वाईपास सडक पालिकाको पोल्टामा हाल्न खोजेको हो । सोही सडक खन्न म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले पनि छुट्टै १० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।
‘प्रस्तावित सडक निर्माण योजना संरक्षण क्षेत्र भित्र परेको छ । तर हामीले बजेर स्थानीय तहमा पठाउन खोज्नुको कारण ईआईए गर्न र वन वन्त्रालयको स्वीकृति लिनको झन्झटले नभै योजनामा कामको डुब्लिकेसन नहोस भन्नकालागी सहजगता अपनाएका हौं’ पूर्वाधार कार्यालय म्याग्दीका प्रमुख विष्णु पौडेलले भने, ‘पालिकाले सडक खन्दापनि ईआईए र आईईई गर्नु पर्ने हुन्छ । बर्षको अन्तिम तिर आएर दुई निकायले एकै स्थानमा सडक खन्दा प्राविधिक दोहोरोपनाको जोखिम रहने भएकोले पालिका मार्फत नै काम गर्दा सजिलो हुने ठानेका हौं ।’
हरेक सडक योजना संञ्चालन गर्दा योजनाले पार्ने प्रभावको भविश्यवाणी, विकल्पको खोजी, रोकथामको उपाय, क्षतिपूर्तिको उपायसहितको योजनाको मोडेल तयार पार्न प्रारम्भिक वातावरणीय परीक्षा (आईईई) र संञ्चालित योजनाले वातावरणणीय प्रभावले निम्त्याउन सक्ने अनुमानित असरको सुरुमै आँकलन गर्न वातावरणीय प्रप्रभाव मुल्याङ्कन (इआए) गर्नुपर्ने कानुनी ब्यवस्था छ ।
पूर्वाधार कार्यालयले काम गर्न आनाकानी गरेपछि गण्डकी प्रदेशका तत्कालिन पूर्वाधार मन्त्री रेशमबहादुर जुग्जालीले बजेट झिकेर पालिकाको खातामा पठाउँछु, भटाभट काम गर्नु भनी सुरुमा कास्कीको अन्नपूर्ण गाउँपालिकालाई भनेका थिए । कास्कीको अन्नपूर्णले पनि संरक्षण क्षेत्रमा ईआई नगरी सडक खन्न तत्पर नभएपछि म्याग्दीको अन्नपूर्ण गापालाई ‘बजेट पठाउँछु काम गर्नु’ भन्दै दवाव दिएकाे स्राेतले दावी गरेकाे छ ।
‘म्याग्दीको अन्नपुर्ण गाउँपालिका, ६ घोरेपानी र कास्कीको अन्नपूर्ण गापा, उल्लेरी गाउँ जोड्ने (पोखरा–मुक्तिनाथ वाईपास मार्ग) सडक खन्न पालिकाको खातामा बजेट पठाउने र पालिकाले समुदायसँगको सहकार्यमा सडक खन्ने कुरा भैरहेको छ । तर बजेट भने प्राप्त भएको छैन’ म्याग्दीको अन्नपूर्ण गापाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले भने, ‘चैतको पहिलो साता वितिसक्यो । अझै बजेट र अख्तियारी पनि आएको छैन । संरक्षित क्षेक्रमा कसरी काम गर्न सकिन्छ हामी अध्ययनकै त्रममा छौं ।’
त्यसैविच पूर्वाधार कार्यालयले यही वर्ष ढोरपाटन शिकार आरक्ष रहेको धवलागिरी गाउँपालिका वडा नं २ र १ गुर्जा जोड्ने सडक खन्न खन्न २ करोड बजेट पालिकालाई हस्तान्नत्रण गरेको थियो । पालिकाले सोही बजेटमा ४ करोड थपगरी ६ करोड लागतमा ढोरपाटन सिकार आरक्षको सीमा लाईनसंगै राष्ट्रिय वन क्षेत्रमा सडक खन्न टेण्डर गरेको छ ।