FLASH NEWS
  • Loading...

म्याग्दीको पाउद्वारमा जीप दुर्घटनाहुँदा दुई जनाको मृत्यु

  • पुनहिल डट कम
  • १ महिना अघि
  • ६५९१ पटक पढिएको
म्याग्दीको पाउद्वारमा जीप दुर्घटनाहुँदा दुई जनाको मृत्यु

अन्नपूर्ण गाउँपालिका, ५ पाउद्वार गाउँ जाँदै गरेको ग १ ज ७६५३ नम्बर प्लेटको यात्रुबाहक जीप सोही गाउँको पुछारमा पर्ने नेपाने भन्ने स्थानमा दुर्घटनाहुँदा चालक गणेश श्रेष्ठसमेत दुई जनाको मृत्यु भएको छ ।
खोप्राबाट झरेका तीन जना पर्यटक लिन अन्नपूर्ण गाउँपालिका केन्द्र रहेको पोखरेबगरबाट पाउद्वार गाउँ तर्फ जाँदै गरेको जीप आईतवार साँझ सडकदेखी करिव ५० मिटर तल खस्दा अन्नपूर्ण गापा, ५ पाउद्वारमा बस्दै आएका चालक श्रेष्ठ र सोही ठाउँका लालबहादुर तिलिजाको मृत्यु भएको हो । तिलिजा अर्को जीपका चालक हुन । आईतवार श्रेष्ठको साथी भै सो जीपमा सवार थिए ।
स्थानीय वडासदस्य पूर्णबहादुर पाईजाका अनुसार पर्यटक लिन आईतवार साँझ नै पाउद्वार गाउँ पुग्नु पर्ने जीप रातीसम्म नपुगेपछि सोमबार विहान खोजी गर्दा अन्दाजी ७.३० बजे दुर्घटनाग्रस्त अवस्थामा फेला परेको हो । सीमा प्रहरी चौकी भूरुङ तातोपानीबाट असई बलबहादुर खड्काको नेतृत्वमा प्रहरी टोली घट्नास्थल पुग्ने क्रममा छ । पाेखरेबगरका स्थानीयका अनुसार चालकद्वय अाइतवार राती खाजा/खाना खाएर अन्दाजी ९.३० बजे पाउद्वार जानभनी हिंडेका थिए ।