FLASH NEWS
  • Loading...

भारत तर्फ भाग्दै गरेका माओवादी उपाध्यक्ष महरा समातिए

  • पुनहिल डट कम
  • १ महिना अघि
  • ७३ पटक पढिएको
भारत तर्फ भाग्दै गरेका माओवादी उपाध्यक्ष महरा समातिए

नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महरा भारततिर भाग्दै सीमा क्षेत्रबाट समातिएका छन्।

सुन तस्करी सम्बन्धी जाँचबुझ आयोगले माओवादी उपाध्यक्ष महरामाथि पनि मुद्दा चलाउन सिफारिश गरेको थियो। आयोगले चैत १  गते प्रतिवेदन बुझाएसँगै महरा भाग्न लागेका थिए । महरालाई पक्राउ गर्न प्रहरीले तयारी गर्दा-गर्दै उनी सोमबार काठमाडौंबाट बाहिरिएका थिए।

गृहमन्त्री रवि लामिछानेले जाँचबुझ आयोगको प्रतिवेदन पढेपछि प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटी उक्त् प्रतिवेदन प्रधानमन्त्री दाहाललाई बुझाएलगत्तै महरा भाग्न खोजेका थिए।

स्थलमार्गबाट हिँडेका महरालाई कपिलवस्तु प्रहरीले पकडीको सडकमै प्रहरीले ब्यारिकेट लगाउनु परेको प्रहरी हवला दिएर राजधानीबाट प्रकाशित संञ्चार माध्यमहरूले जनाएका छन।

प्रहरीले नाकामा कडाइ गरिरहेको चाल नपाएका महरा सोमबार बिहान भैरहवा नाका भएर भारततिर भाग्ने तयारीमा थिए। महरालाइ प्रहरीले भैरहवा नजिकै कपिलवस्तुको सीमा क्षेत्रबाट पक्राउ गरेको थियो।

विद्युतीय चुरोट (भेप)मा सुन तस्करी गरेर ल्याएको आरोपमा महराका छोरा राहुल विरुद्ध मुद्दा चलिरहेको छ। राहुलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारमा समातिएको सुन छुटाउन दबाब दिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले जिल्ला अदालत, काठमाडौंमा दर्ता गरेको अभियोगपत्रमा उल्लेख छ।

सुन तस्करीमा संलग्न व्यक्तिसँग माओवादी नेता महराको बारम्बार टेलिफोन संवाद भएको अनुसन्धानमा देखिएको थियो। त्यसका आधारमा सीआईबीले अनुसन्धान अगाडि बढाएको थियो। तर राहुलमाथि मुद्दा दर्ता गरिएको भए पनि महरालाई उन्मुक्ति दिइएको थियो।

महरा पटक पटक विवादमा आइरहन्छन्। यसअघि चिनियाँ नागरिकसँग ५० करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएको थियो। त्यसमा पनि उनीमाथि अनुसन्धान भएको थिएन।