FLASH NEWS
  • Loading...

नेकपा एमाले बेनी बेल कटुवाल, अन्नपुर्णमा धन पुर्जा

  • पुनहिल डट कम
  • १ महिना अघि
  • १७८ पटक पढिएको
नेकपा एमाले बेनी बेल कटुवाल, अन्नपुर्णमा धन पुर्जा

नेकपा एमाले बेनी नगरपालिका कमिटीको अध्यक्षमा बेलबहादुर कटुवाल र अन्नपुर्ण गाउँपालिका अध्यक्षमा धनकुमार पुर्जा निर्विरोध निर्वाचित बनेका छन ।

धबार बेनीमा भएको पार्टीको दोस्रो नगर अधिबेशनबाट कटुवाल अध्यक्ष पदमा निर्विरोध बनेका हुन ।

बेनी नगर अधिवेशनबाट उपाध्यक्षमा कृष्णदत्त पौडेल, सचिवमा भोज वहादुर रिजाल, उप सचिवमा सुनिता के सी र विवेक हमाल रहेकाे ४५ सदस्यीय नगर कमिटी सर्वसम्मत चयन गरेकाे एमाले म्याग्दीले जनाएकाे छ ।

त्यसैविच मंगलवार सम्पन्न अन्नपुर्ण गाउँपालिका अधिवेशनबाट धनकुमार पुर्जा अध्यक्ष चयन भएका छन । कमिटीको उपाध्यक्षमा सुरेश पूर्जा पुन, सचिवमा आनन्द पुन, उपसचिवहरूमा उज्जल फगामी र डममाया पुन रहेका छन । अधिवेशनको नेकपा एमालेका केन्द्रीय सदस्य तथा म्याग्दी इन्चार्ज गोविन्दबहादुर नेपालीले उद्घाटन गरेका थिए ।