FLASH NEWS
  • Loading...

महाँशिवरात्रीकाे भेटी चार लाखबढी

  • पुनहिल डट कम
  • १ महिना अघि
  • १५३ पटक पढिएको
महाँशिवरात्रीकाे भेटी चार लाखबढी

महाँशिवरात्रीकाे दिन शुत्रवारबेनी नगरपालिका, ९ स्थित गलेश्वरधाम मन्दीरमा दर्शन गर्न आएका भक्तजनले भेटी शनिवार गणना गरिएको छ ।

महाँशिवरात्रीको अवसरमा गलेश्वरधाम आएका भक्तजनले मन्दीर र एक सय ८ शिवलिङगमा चार लाख २९ हजार तीन सय ८८ रुपैयाँ भेटी चढाएको गलेश्वर क्षेत्र विकास कोषले जनाएको छ ।

गलेश्वरधाम मन्दीरमा साउने सोमबार, सतविज छर्ने दिन र महाँशिवरात्री जस्ता प्रमुख दिनमा भोलीपल्ट र अन्य समय हरेक महिनाको पहिलो दिन मन्दीरमा भक्तजनले चढाएको भेटी संकलनगरी स्थानीय प्रहरीको रोहवरमा, समिति र स्थानीयवासीले गणनागरी बैंक दाखिला गर्ने प्रचलन छ ।

शिवरात्रीमा गण्डकी प्रदेशका म्याग्दीबाहेक पर्वत, बाग्लुङ, कास्की, तनहुँ, स्याङ्जा समेत ५० हजारबढी भक्तजन गलेश्वर पुगेको कोषका कोषाध्यक्ष गौमायाँ पुनले बताईन ।
कोषका कोषाध्यक्ष पुनका अनुसार गलेश्वरधाम मन्दीरमा साउन देखी यता महाँशिवरात्रीसम्म ३७ लाख ९८ हजार सात सय पाँच रुपैयाँ भेटी संकलन भएको छ ।

मन्दीरमा संकलित भेटीबाट मन्दीर क्षेत्रको पूर्वाधार निर्माण, कर्मचारी ब्यवस्थापन, शालिग्राम वेद विद्याश्रम माध्यामिक विद्यालय र गलेश्वरधाम जेष्ठ नागरिक आश्रम संञ्चालनमा खर्च गर्ने गरिएको कोषले जनाएको छ ।