FLASH NEWS
  • Loading...

म्याग्दीमाा १०७ प्रतिशतले पाए दादुरा–रुवेला विरुद्धको खोप, प्रगतिबढी देखाउन लक्ष्य घटाएको आशंका

  • पुनहिल डट कम
  • १ महिना अघि
  • १५२ पटक पढिएको
म्याग्दीमाा १०७ प्रतिशतले पाए दादुरा–रुवेला विरुद्धको खोप, प्रगतिबढी देखाउन लक्ष्य घटाएको आशंका

म्याग्दीमा फागुन १६–२१ गतेसम्म संञ्चालन गरिएको ९ महिनादेखी ५ बर्ष मुनीका सवै बालबालिकालाई दादुरा–रुबेला विरुद्धको खोप लगाउने अभियानमा लक्षित संख्या भन्दा ७ दशमलव १ प्रतिशतबढीले खोप प्राप्त गरे ।

श्वास्थ्य कार्यालयले मंगलवार साँझ जारी लक्षित बालबालिका, खोप प्राप्त बालबालिका र प्रगति प्रतिशत उल्लेख गरिएको चार्ट अनुसार ६ हजार ६ जना बालबालिकालाई दादुरा–रुबेला विरुद्धको खोप लगाउने लक्ष्य राखिएकोमा लक्ष्य भन्दाबढी ६ हजार ४ सय ३४ जना बालबालिकाले खोप पाए । तर कार्यालयले खोप अभियान सुरु भएको दिन १६ गते सार्वजनिक चार्ट र अभियान अघि कार्यालयमा गरिएको अभिमुखिकरण कार्याक्रममा खोप प्राप्त गर्ने लक्षित बालबालिकाको संख्या ६ हजार ५ सय ७० जना रहेको उल्लेख थियो ।

दुई फरक–फरक चार्टले खोप अभियान सफल भएको देखाउने सुरुमा सार्वजनिक गरेको लक्ष्यभन्दा ५ सय ६४ जना बालबालिका हटाएको अाशंका बढेकाे छ ।

कार्यालयले १६ गते सार्वजनिक गरेको लक्षित बालबालिकाको संख्या ६ हजार ५ सय ७० जना रहेको उल्लेख थियो तर मंगलवार सार्वजनिक विवरणमा भने लक्षित बालबालिकाको संख्या ६ हजार ६ जना मात्र उल्लेख छ । त्यसैगरी खोप प्राप्त बालबालिकाको संख्या लक्ष्यभन्दा १ सय ७ दशमलव १ प्रतिशत पुगेको उल्लेख छ ।

प्राप्त विवरण अनुसार बेनी नगरपालिकामा सवैभन्दाबढी तथ्याङ्क गोलमोटोल देखिन्छ । खोप अभियान सुरु हुन अघि बेनी नगरपालिकामा दादुरा–रुवेला विरुद्धको खोप पाउने लक्षित बालबालिकाको संख्या १ हजार ९ सय ८२ थियो । खोप अभियान समाप्त भएपछि सार्वजनिक विवरणमा खोप लगाउने लक्षित बालबालिका संख्या १ हजार ६ सय ९४ देखाईएको छ । र खोप लक्ष्यभन्दा १ सय २७ दशमलव ६ प्रतिशतले पाएको उल्लेख छ ।

‘बेनी नगरपालिकाको तथ्याङ्कमा केही त्रुटी भएको छ । सुरुमा भिटामिन ए क्याप्सुल खाने सवै बालबालिकाको संख्या यता देखाउँदा लक्षित संख्या बढी भएको हो । स्थानीय तहले पठाएको विवरणलाई हामीले आधिकारिक मान्नु पर्‍यो नि’ श्वास्थ्य कार्यालयका सूचना अधिकृत समेत रहेका खोप सुपरभाईजर विरेन्द्र जैसवालले भने, ‘विभागले दिएको लक्ष्य त अझै थोरै थियो । तथ्याङ्कमा जे परेपनी जिल्लामा खोप अभियान धेरै प्रभावकारी भएको छ ।’

त्यसैविच जिल्लामा जिल्लामा दादुरा–रुवेला विरुद्धको ६६ दशमलव ४ प्रतिशत खोप भने खेर जाने गरेको श्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ ।

श्वास्थ्य कार्यालयको अभिलेख अनुसार गत आर्थिक बर्षमा सवै भन्दाबढी जन्मने वित्तिकै नवजात शिशुलाई लगाईने क्षयरोग विरुद्धको विसिजी खोप ५१ हजार ९ सय ६४ डोज (८९ प्रतिशत) खेर जाने गरेको छ ।

त्यस्तै, गत आवमा दादुरा–रुवेला विरुद्धको २ लाख ३३ हजार २ सय १९ (६६.४ प्रतिशत), पोलियो विरुद्धको ८१ हजार ४ सय ९५ (३९.३ प्रतिशत), हेपाटाईटिस वि विरुद्धको खोप ८२ हजार ६ सय ३३ (३९.८ प्रतिशत), जेई एक लाख १४ हजार चार सय १ (५८.४ प्रतिशत) डोज खोप खेर जाने गरेको थियो ।

म्याग्दीमा बालबालिकाहरुलाई विभिन्न रोगहरु विरुद्ध निःशुल्क दिईने ११ प्रकारका खोपहरु २९.४ प्रतिशत खेर जाने गरेको छ । गत आवमा विभिन्न रोग विरुद्धका कुल ९ लाख ९० हजार डोज खोप खेर जाँदा ३३ लाख ७५ हजार रुपैयाँ बढी लागतको आर्थिक क्षति भएको छ ।

यस अभियानमा जिल्लामा दादुरा–रुवेला विरुद्धको सात सय ३० भायल खोप प्रयोग हुने छ । एक भायलमा १० डोज खोप हुन्छ । एक पटक खोलेको खोपको भायल ६ घन्टा भित्र १० जनालाई लगाई सकिएन भने प्रयोग गर्न नमिल्ने भएकोले बाँकी डोज खोप खेर जाने गरेको हो ।

‘छरिएका वस्तीका खोप केन्द्र वा श्वास्थ्य संस्थामा खोप लगाउन एक–दुई जना मात्र बालबालिका आउँछन/अभिभावकले ल्याउने हुँदा १–२ जनालाई भएपनि अनिवार्य खोप लगाई दिनु पर्‍यो । एक भायल खोप खोलेपछि सवै डोज प्रयोग नहुँदा फाल्नु पर्ने हुँदा खोपसँगै राज्यको लाखौं रुपैयाँ पनि खेर जानेगरेको छ’सूचना अधिकृत जैसवालले भने, ‘हामीले मितव्ययी हुन खोप केन्द्रमा बालबालिकालाई समुह बनाई खोप दिने र सकेसम्म खोप खेर जान नदिन एक छिन कुराएरै भएपनि सवै डोज उपयोग गरेका छौं । संभवत यो पटक खोप खेर जाने दर घट्ने छ ।’