FLASH NEWS
  • Loading...

बेनीमा ३९ भुस्याहा समेत ९० कुकुरकाे वन्ध्याकरण

  • पुनहिल डट कम
  • १ महिना अघि
  • १२१ पटक पढिएको
बेनीमा ३९ भुस्याहा समेत ९० कुकुरकाे वन्ध्याकरण

सदरमुकाम बेनी, गलेश्वर र ताताेपानी क्षेत्रमा रहेका कुकुर ब्यवस्थापन तथा सन्तान बृद्धि रोक्न भुस्याहा कुकुरको वन्ध्याकरण एवं एन्टी रेविज खोप लगाईएको छ ।
भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ कार्यालय र बेनी नगरपालिकाको सहकार्यमा शनिवार र आईतवार दुई दिन शिविर संञ्चालनगरी ३९ वटा सामुदायीक (भुस्याहा) समेत ९० वटा कुकुर खोजेर ल्याई बन्ध्याकरण तथा एन्टी रेविज सुई लगाईएको हो । कुकुर बन्धाकरण गराउन मंगला गापा, २ बाबियाचाैर र ५ अर्मन क्षेत्रबाट समेत ल्याएका थिए ।


‘सामुदायीक कुकुरले बर्षको दुई पटक सडकमा बच्चा जन्माउँदा भुस्याहा कुकुरको संख्या बढ्दा रेविज रोग फैलने जोखिम भएकोले संक्रामक रोग नियन्त्रण गर्ने, भुस्याहा कुकुरको टोकाई एवं आक्रमणबाट सडक दुर्घटना कम गर्न कुकुर बन्ध्याकरण शिविर संञ्चालन गरिएको हो’ भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ कार्यालय बेनीका प्रमुख भरत रेग्मीले भने, ‘सामुदायीक कुकुरको आतंक नै फैलिएपछि पहिलो पटक यस्तो नियन्त्रण प्रयास थालिएको हो ।’


भुस्याहा कुकुर बाहेक ५१ वटा घरपालुवा कुकुरको पनि बन्ध्याकरण तथा एन्टी रेविज खोप लगाईएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ कार्यालयले जनाएको छ । घरमा कुकुर पाल्न रहर गर्नेहरुले नै घरमा कुकुरको बच्चाबढी भएपछि सडकमा ल्याई छोड्ने, बुढो भएपछि सडकमा छोड्ने गर्दा सामुदायीक कुकुर बढ्ने गरेका छन ।
सामुदायीक तथा घरपालुवा कुकुरको निशुल्क बन्ध्याकरण शिविर संञ्चालन गर्न भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ कार्यालयको प्राविधिक टोली र बेनी नगरपालिकाको नगरप्रहरी समेत स्वयंसेवकहरु खटिएका थिए ।


सरकारले विस २०३० सम्ममा रेविज रोग न्यूनिकरण गर्न एन्टी रेविज खोप अभियान संञ्चालन गरिदै आएको छ । कुकुर बन्धाकरणमा पशु चिकित्सक डा.अनन्त काेइराला, डा.मनिष विश्वकर्मासमेतकाे टाेली संलग्न थियाे ।