FLASH NEWS
  • Loading...

जलजला गाउँपालिकाको १६ औं गाउँसभाबाट थप एक करोड ३९ लाख बजेट विनियोजन

  • पुनहिल डट कम
  • १ महिना अघि
  • १६० पटक पढिएको
जलजला गाउँपालिकाको १६ औं गाउँसभाबाट थप एक करोड ३९ लाख बजेट विनियोजन

पर्वतको जलजला गाउँपालिकाले सोमबार गाउँपालिकाको केन्द्र लामाखेतमा सम्पन्न १६ औँ गाउँसभाबाट अल्यामा रहेको रु १ करोड २९ लाख र अन्तरिक आम्दानीबाट  १० लाख बजेट स्रोत अनुमान गरी  १ करोड ३९ लाख रकम थप बजेट विनियोजन गरेको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत फणिन्द्र प्रसाद आचार्यका अनुसार गाउँसभाले वडा र बिषयगत शाखाको विभिन्न योजनाको बजेट रकमान्त र संशोधन समेत गरेको छ । अधिकृत अाचार्यका अनुसार गाउँसभाले निर्वाधिन स्टोर तथा आवास भवनको लागि रु ९० लाख समेत खानेपानी, शिक्षा लगायतका पूर्वाधार योजनामा पनि बजेट विनियोजन गरिएको छ ।

गाउँसभामा गाउँपालिका अध्यक्ष राजुप्रसाद आचार्यले पेश गरेकाे चालु आर्थिक बर्षको गत साउनदेखि फागुन २० गतेस्म्मको प्रगति प्रतिवेदन अनुमाेदन गरेकाे छ । पालिकाले चालु अावमा वडा स्तरका विभिन्न ३८ वटा योजना निर्माण सम्पन्न भएको र ८६ वटा योजना सम्झौता भएर कार्यान्वनको चरणमा रहेका छन ।

गाउँपालिकाको संघीय अनुदान, प्रदेश अनुदान, राजश्व बाडफाँड र आन्तरिक आम्दानी समेत गरी कुल ४७ करोड १० लाख आय हुने अनुमान गरेकोमा हालसम्म रु २५ करोड ७५ लाख ७२ हजार ६४ वास्तविक आय भएर चालुतर्फ ४७ दशमलब ७५ प्रतिशत र पुँजीगततर्फ ३५ दशमलब ९ प्रतिशत बजेट खर्च भएको छ । गाउँसभामा गाउँपालिका अध्यक्ष आचार्यले चालु आर्थिक बर्षमा सञ्चालन भएका योजना तथा कार्यक्रम र गाउँसभाबाट स्विकृत भएका थप योजना तथा कार्यक्रमको प्रभाबकारी कार्यान्वयनमा कर्मचारी र जनप्रतिनिधि जुट्नुपर्ने बताए ।