FLASH NEWS
  • Loading...

गलेश्वरमा बाबुरामकाे होटल याक संञ्चालन

  • पुनहिल डट कम
  • १ महिना अघि
  • २६९ पटक पढिएको
गलेश्वरमा बाबुरामकाे होटल याक संञ्चालन

हाेटल, रेष्टुरेन्ट ब्यवसायमा छिट्टाे उदायका र स्थापित ब्यवसायी बाबुराम अाचार्यले कालीगणडकी करिडाेरकाे प्रमुख धार्मिक गन्तब्य तथा कालीगण्डकी सभ्यताकाे प्रमुख तिर्थस्थलमध्य एक गलेश्वरधाममा सुविधायुक्त हाेटल याक संञ्चालनमा ल्याएका छन ।

मुक्तिनाथ र मुस्ताङ भ्रमणमा आउने पर्यटक लक्षितगरी  १५ कराेड लागतमा खुलेको होटल याकको हालै नेपाल उद्योग वाणिज्य महाँसघका अध्यक्ष चन्द्रप्रसाद ढकालले उद्घाटन गरे ।

सदरमुकाम बेनीको हस्पिटल चोकमा भाडाको घरमा संञ्चालित होटल याकले बेनी नपा, ९ गलेश्वरमा दुई रोपनी क्षेत्रफलमा आफ्नै भवनसमेतको पूर्वाधार निर्माण होटल संञ्चालनमा ल्याएको हो । गलेश्वर, म्याग्दी सदरमुकाम बेनीबाट ३ किलोमिटर उत्तरमा अवस्थित छ । बेनी–जोमसोम–कोरोला सडक किनारामा अवस्थित गलेश्वर पक्कि सडकले जोडिएको छ ।

‘कालीगण्डकी करिडोर र मुस्तााङ प्रवेशद्वार रहेको गलेश्वरमा सुविधासम्पन्न नयाँ होटल थपिँदा पर्यटनमा टेवा पुगेको छ । अझ पर्यटन र ब्यवसायमा केही छैन भनि निराश हुनेहरुकालागी गलेश्वरमा खुलेको यो होटलले आसाको संञ्चार गराएको छ’ अध्यक्ष चन्द्रप्रसाद ढकालले भने, ‘निर्माण सुरु गरेको १३ महिनामै यत्रो ठूलो होटल सम्पन्न गरी संञ्चालनमा ल्याउनु ब्यवसायीक दक्षताको घोतक हो ।’

भवनको जग राखेको १३ महिना समयावधीमा स्वीट समेत ४० वटा सुविधायुक्त रुम सहितको ६ तल्ले होटल संञ्चालनमा आएको हो । चार वटा स्वीट, ४ डिलक्ससमेत ४० वटा अट्याच वाथरुमसहितक कोठा छन । एक दिनमा एक सय ५० जना पाहुना राख्न सक्ने क्षमता छ । एक सय जना अट्ने सभाहल, २०–२५ जना अट्ने २ वटा वैठक कक्ष तथा प्रयाप्त पाकिङ सुविधा रहेको होटल याकबेनी प्रालिले जनाएको छ ।

आत्मविश्वास, लगन, धैर्य र इमान्दारीले सफलता दिलाउँछ । सपना देख्नेहरु कहिल्यै थाक्दैनन, निरन्तर कर्म गरिरहन्छन । तिनै मध्यका हुन, मंगला गाउँपालिका, १ पूर्णगाउँका बाबुराम (ताराप्रसाद) आचार्य । बैदेशिक रोजगारी क्रममा कतार र साउदीका होटलमा ६ बर्ष मजदुरी गरी फर्केका आचार्यले ०६४ सालदेखी बेनीमा रेष्टुरेन्टबाट ब्यवसाय सुरु गरेका थिए । कतारको सिनुवा कम्पनी र साउदीको ताजेज रेष्टुरेन्टमा मजदुरी गर्दा सिकेको सीप स्वदेश फर्केर ब्यवसायमा लगाएका आचार्यले १० लाख लगानीगरी भाडाको घरमा रेष्टुरेन्टबाट सुरु गरेको ब्यवसाय बढाउँदै १५ करोड लागनीमो आफ्नै स्वामित्वको होटल संञ्चालनमा ल्याएका हुन ।

कोरोना महामारी र त्यसले पारेको विश्वब्यापी आर्थिक कहरका विचमा पनि म्याग्दीमा कम्तीमा चार वटा ठूला र सुविधायुक्त होटल थपिएका छन । कालीगण्डकी करिडोर अर्न्तगत संसारको सर्वाधिक गहिरो गल्छीमा पर्ने अन्नपूर्ण गाउँपालिका, २ स्थित भुरुङ तातोपानीमा ३५ करोड लागतमा ८ स्वीट, २५ डिलक्स र ५७ गेष्टरुम सहितको ७ तल्ले सुविधायुक्त ‘होटल नेचुरल स्प्रीङ’ यसै वर्षदेखी संञ्चालनमा आएको हो ।

त्यस्तै बेनी नगरपालिका, ४ स्थित सिंङ्गा तातोपानीमा बेनीका ब्यवसायी प्रमोद श्रेष्ठले १८ करोड लगानीमा ‘श्रेष्ठ होटल हटस्प्रीङ’ होटल संञ्चालनमा ल्याएका छन । अघिल्लो दशैं देखी संञ्चालनमा आएको ‘श्रेष्ठ होटल हटस्प्रीङमा ६ वटा स्वीट समेत ३८ वटा गेष्टरुम रहेको होटलमा १ सय ५० जना अट्ने सभाहल रहेको छ ।
‘हामी धमाधम होटल पूर्वाधारमा धमाधम लगानी गरिरहेका छौं । तर विश्वको अर्थतन्त्र झन झन संकटउन्मुख छ । आर्थिक मन्दीबाट विश्व छिटटै बाहिर निक्लने र पर्यटन क्षेत्र पुनः लयमा फर्कने कुरामा विश्वास छं’ होटल श्रेष्ठ हटस्प्रीङका संञ्चालक प्रमोद श्रेष्ठले भने, ‘हिजो पर्यटकले खोजे जस्तो सुविधायुक्त होटलपूर्वाधार थिएनन । अहिले गहिरिँदो आर्थिक संकटले पर्यटक नै आएका छैनन ।’

त्यसैगरी पछिल्लो एक बर्षभित्रै सदरमुकम बेनीमा ६ करोड लागतमा होटल लामा कुडाप संञ्चालन भएको छ । भने बेनी नगरपालिका, ९ मा पर्ने गलेश्वरमा करिव ५ करोड लगानीमा होटल मदरल्याण्ड इन होटल संञ्चालनमा आएको छ ।

त्यसैगरी पर्यटकीय वस्ती घोरेपानीमा पनि पछिल्लो तीन वर्षमा २०–६० करोड लगानीका दर्जन होटल थपिएका छन । ‘१० करोडबढी लगानी भएको छ । बाहृय पर्यटक संख्या घटेपनि आन्तरिक पर्यटक बढेका थिए । तर आन्तरिक पर्यटनमा पनि आर्थिक मन्दीले प्रभावित होला जस्तो छ’ घोरेपानीका होटल ब्यवसायी शुशिल पुनले सुनाए ।