FLASH NEWS
  • Loading...

‘सहकारीको बचत अपचलन गर्ने र ऋण लगेर नतिर्ने दुबैलाई कारवाही हुनुपर्छ’ – नेफस्कून अध्यक्ष ढकाल

  • पुनहिल डट कम
  • १ महिना अघि
  • १७२ पटक पढिएको
‘सहकारीको बचत अपचलन गर्ने र ऋण लगेर नतिर्ने दुबैलाई कारवाही हुनुपर्छ’ – नेफस्कून अध्यक्ष ढकाल

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफस्कून)का अध्यक्ष चन्द्रप्रसाद ढकालले ब्यवस्थापक र सञ्चालकले नियम विपरित काम गरेका सहकारीमा मात्रै अहिले समस्या आएको बताएका छन् ।

केही सहकारीहरु कोभिडको समयलाई मौकाको रुपमा लिएर प्रक्रिया पूरा नगरी ठुलो तरलतालाई झिकेर अपचलन गरेको र प्रक्रिया पूरा नगरी कर्जा प्रवाह गरेका सहकारीहरूको कारण सम्रग सहकारी अभियानमा असर गरेको बताए । नेफस्कूनको अध्यक्ष ढकालले म्याग्दीको सदरमुकाम बेनीमा आयोजित कार्यक्रममा गलत नियत भएका सञ्चालक र ब्यवस्थापकको कमजोरीका कारण बचतकर्ताको बचत रकम फिर्ताको लागि समस्या भएको बताए ।

‘सहकारीको ऋण लगेपछि तिर्नुपदैन भन्नेहरूलाई पनि सहकारीले नियमन गर्नुपर्छ, सरकारी संयन्त्रले असुलीका लागि सहकारीलाई सहयोग गरेको देखिदैन’ अध्यक्ष ढकालले बताए ।

सहकारीका बचतकर्ताहरु अदालती र प्रशासनिक प्रकृयाभित्र नगइकन सहकारी संस्थाहरुले बचत फिर्ताको वातावरण बनाउन सहकारीबाट ऋण लगेर ऋण नबुझाउनेलाई प्रकृयागत रुपमा दबाब दिने,दण्डित गर्ने, सरकारी सेवासुविधा रोक्का गर्ने, राज्यले ऋण अुसली न्यायधिकरण र कालो सूचीको तत्काल व्यवस्थापन गर्नुपर्ने बताए । सहकारी क्षेत्रले निजी क्षेत्रले भन्दा पनि बढी कर तिरेको र त्यसको सही मूल्याङकन राज्यले गर्नुपर्ने माग गरे ।