FLASH NEWS
  • Loading...

बैंक, सहकारीबाट लिएको ऋण तिर्नु पर्दैन भन्नु गैहृ जिम्मेवारी हो– अध्यक्ष ढकाल

  • पुनहिल डट कम
  • १ महिना अघि
  • २७१ पटक पढिएको
बैंक, सहकारीबाट लिएको ऋण तिर्नु पर्दैन भन्नु गैहृ जिम्मेवारी हो– अध्यक्ष ढकाल

नेपाल उद्योग बाणिज्य महाँसंघका अध्यक्ष चन्द्र ढकालले कोभिड महामारीको विश्वब्यापी प्रभाव, रसिया–युक्रेन युद्ध समेतका अर्न्तराष्ट्रि परिस्थितीले गर्दा देशको अर्थतन्त्र केही असहज र कठिन अवस्थामा रहेका बेला ब्यवसायी धर्मराउन र अराजकतालाई मलजत गर्न नहुने बताएका छन ।
देश आर्थिक रुमा कठिन अवस्थामा रहेको बेला झन लगानी मैत्री वातावरण बनाउँदै जानु पर्नेमा झन निजी क्षेत्र र ब्यवसायीलाई तर्साउने, अराजकता सृजना गर्ने प्रयास भैरहेकोले अध्यक्ष ढकालले दावी गरे ।

‘सहकारी तथा बैंक वित्तिय संस्थाबाट लिएको ऋण तिर्नु पर्दैन भन्ने अराजक कुरामा परररर तालि बजाउने हामीले गर्नु हुँदैन । त्यस्ता अराजक कुराले राम्रो रिजल्ट निकाल्दैन । हामी ब्यवसायी जिम्मेवार बन्नु पर्छ’ म्याग्दी उद्योग वाणिज्य संघको १२ औं अधिवेशन उद्घाटन गर्न बेनी आएका नेपाल उद्योग वाणिज्य महाँसघका अध्यक्ष चन्द्र ढकालले भने, ‘सहकारी र बैंकका पैसा करोडौं वचतकर्ताको पैसा हो । तपाई हामीले सय–हजारगरी जम्मा गरेको पैसा तिर्नु पर्दैन भन्दा कस्ले फिर्ता गर्छ ?’
अध्यक्ष ढकालले थपे, ‘सरकारमा बस्नेले दिने र निजी क्षेत्रले माग्ने जस्तो ब्यवहारले लगानी मैत्री वातावरण खलवलिएको छ । लगानीकर्ता पानी जस्तै हुन, पानी जता बग्न सजिलो हुन्छ, त्यतै बग्छ, ब्यवसायी जता सहज हुन्छ उतै गएर लगानी गर्छ ।’
म्याग्दी उद्योग वाणिज्य संघको १२ औं अधिवेशन ऊद्घाटन कार्यक्रमका वत्ताहरुले युवाशक्ति विदेश पलायनले हुँदा रेमिटेन्स भित्रिएको र त्यसैले देश चलेको भएपनि लगानी मैत्री वातावरण नभएको गुनासा गरे । राजनैतिक दलका अगुवाहरुले देशमा प्रचुर संभावना भएपनि निजी क्षेत्र लगानी गर्न हिच्किचाएको आरोप लगाए । निजी क्षेक्रका वत्ताहरुले भने भाषणले माक्र न मान्छे विदेशिने त्रम रोकिन्छ, न रोजगारी सृजना हुन्छ । देश विकास गर्न लगानी मैत्री वातावरण नभएको दावी गरे ।

कार्यक्रममा  महासंघका पूर्व अध्यक्ष आनन्दराम मुल्मी, पूर्व उपाध्यक्ष प्रमोद श्रेष्ठ लगायतले कालीगण्डकी कोरिडोर सडक स्तरोन्नतिका लागि सञ्चालित योजनालाई जति सक्दो छिटो पूर्णता दिन सकेमा धार्मिक पर्यटन र काेराेला नाकाबाट प्रशस्त लाभ लिन सकिने बताए । त्यस्तै, संविधान सभा सदस्य नवराज शर्मा र गोविन्द पौडेलले म्याग्दीको जलविद्युत, पर्यटन, कृषि क्षेत्रमा निजी क्षेत्रको लगानी भित्र्याउन आग्रह गरे । गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारी र बिमला गौचनले म्याग्दीका विकास निर्माणका कामलाई तिब्रता दिनुका साथै निजी क्षेत्रको लगानी भित्र्याउने वातावरण बनाउने प्रतिवद्धता जनाए ।

जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापा, बेनी नगरपालिकाका प्रमुख सुरत केसी, पुर्व नगर प्रमुख हरिकुमार श्रेष्ठले म्याग्दीमा पर्यटक भित्र्याउने र भुलाउने योजना र कार्यक्रममा निजी क्षेत्रबाट सहयोगको अपेक्षा गरे ।