FLASH NEWS
  • Loading...

शनिवार र अाइतवार वर्षाकाे राम्राे संभावना

  • पुनहिल डट कम
  • १ महिना अघि
  • ३९५ पटक पढिएको
शनिवार र अाइतवार वर्षाकाे राम्राे संभावना

अाज शुक्रवार रातीदेखी सुदुरपश्चिमबाट बादलसहित पश्चिमी विक्षोभ (पानी पार्ने वादल) नेपाल प्रवेश हुँदैछ । सुदुरपश्चिममा रातीदेखी वर्षा/हिमपात सुरू भै शनिवार मध्य नेपालसम्मै वर्षा/हिमपातकाे राम्राे संभावना देखिएकाे माैषमविदहरूले जनाएका छन ।

जल तथा माैषम विज्ञान विभागले पनि शुक्रवार दिउँसाे २ बजे माैषमी पूर्वानुमान सूचना प्रकाशित गरी संभावित बर्षा/हिमपात बारे जानकारी गराएकाे छ ।

माैषम विद्हरूका अनुसार हिउँदभर राम्राे बर्षा देख्न नपाएपनी यस शनिवार र अाइतवार भने जमिन भिज्नेगरी वर्षा हुने अासा गर्न सकिन्छ । शनिबार पुर्वी तराइ बाहेक  देशभर नै हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।