FLASH NEWS
  • Loading...

धनेश्वरी–तारानाथ स्मृति कोषबाट पत्रकार गौतम पुरस्कृत

  • पुनहिल डट कम
  • १ महिना अघि
  • १७९ पटक पढिएको
धनेश्वरी–तारानाथ स्मृति कोषबाट पत्रकार गौतम पुरस्कृत

धनेश्वरी–तारानाथ स्मृति कोषले यो वर्ष म्याग्दीका पत्रकार हरीकृष्ण गौतमलाई सम्मान गरेको छ । कोषले यस अघि पत्रकार घनश्याम खड्का र सन्तोष गौतमलाई सम्मान गरेको थियो ।
त्यसैगरी कोषले यस वर्ष साहित्यकार अजयमिलन श्रेष्ठलाई पनि सम्मान गरेको छ । पुरस्कृत ब्यक्तित्वहरुले नगद १०–१० हजारसहित दोसल्ला र सम्मान पत्रले पुरस्कृत गरेको छ ।
बेनी नगरपालिका, ५ पुलाचौरका माधवप्रसाद रेग्मी, दाजुहरु मुकुन्द, नारायण, स्वर्गीय मोहन र रामप्रसाद रेग्मी लगायत परिवारका सदस्यहरुले १८ लाख रुपैयााको कोष स्थापना गरेका थिए ।
स्व.तारानाथ रेग्मीले आफ्नै घरबाट जनकल्याण आधारभुत विद्यालय सुरु गरेका थिए । सोही आधारमा कोषले बर्षेनी पुलाचौर स्थित स्थानीय जनकल्याण माध्यामिक विद्यालयमा पुरस्कार समारोह आयोजना हुँदै आएको छ । साथै कोषले जनकल्याण माविबाट विद्यार्थीलाई नगद सहित पुरस्कृत गर्दै आएको छ । यस वर्ष कोषले जनकल्याण माबिबाट बिस २०७९ को एसइइ परिक्षामा सर्बोत्कृष्ट नतिजा ल्याउने गुञ्जना श्रेष्ठलाई २० हजार सहित पुरस्कृत गरेको छ ।
त्यस्तै, कोषले एसईईमा उत्कृष्ट अङ्क ल्याई उत्तिर्ण खसआर्य तर्फ प्रशंसा पौडेल, जनजातितर्फबाट आकृति श्रेष्ठ, दलिततर्फ अभिषेक दर्जी र बेनी नगरपालिका–९ गलेश्वरमा रहेको जडभरत शालग्राम संस्कृत बिद्यालयका उत्तम सुबेदीलाई पन्ध्र/पन्ध्र हजार प्रदान गरिएको थियो ।
पुरस्कृत ब्यक्तित्वहरुलाई प्रमुख अतिथि जगद्गुरू हिमालय बाबा, कोषका सचिब माधबप्रसाद रेग्मी, लक्ष्मी रेग्मी, शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख दलबहादुर थापाले पुरस्कार बितरण गरेका थिए ।
जनकल्याण माबिको ब्यवस्थापन समितिका अध्यक्ष तिलकप्रसाद श्रेष्ठको अध्यक्षता, धनेश्वरी–तारानाथ स्मृति कोषका सचिव माधबप्रसाद रेग्मीको स्वागत र शिक्षकद्धय गिता आचार्य र शान्ति शर्मा पौडेलले कार्यक्रम सञ्चालन गरेका थिए । सोही अवसरमा विद्यालयले त्रैमासिक परीक्षाको अवसरमा पुरस्कार समेत वितरण गरेको थियो ।