FLASH NEWS
  • Loading...

करेन्ट लागेर चिमखाेलामा तुँदी पावरका मजदुरको मृत्यु

  • पुनहिल डट कम
  • १ महिना अघि
  • २१९ पटक पढिएको
करेन्ट लागेर चिमखाेलामा तुँदी पावरका मजदुरको मृत्यु

रघुगंगा गाउँपालिका, ७ चिमखोला स्थित तुँदी हाईड्रो पावर कम्पनी प्रर्वद्धक रहेको मंगलेराहुघाट जलविधुत आयोजनामा कार्यरत एक मजदुरको निर्माणस्थलमा करेन्ट लागी मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी अशोककुमार झाका अनुसार आयोजना अर्न्तगत ठेकदार कम्पनी रामेछाप कन्ट्रक्सन कम्पनीमा कार्यरत रहेका बागचौर नगरपालिका, ८ सल्यानका ३२ बर्षिया कमल योगीको काम गर्ने क्रममा करेन्ट लागी घाईते भै बेनी अस्पतालमा उपचारार्थ पुर्‍याइएकोमा डाक्टरले मृत घोषणा गरेका थिए ।
सहकर्मी योगीलाई करेन्ट लागेपछि तान्न पुगेका लिखातामा गाउँपालिका, ६ रामेछापका ४६ बर्षिय प्रविण थापा पनि घाईते भएको र थापाको हाल बेनी अस्पताल म्याग्दीमा उपचार भैरहेको छ । थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।