FLASH NEWS
  • Loading...

म्याग्दीमा दादुरा-रुबेला खोप अभियान पहिलाे दिन खाेप कभरेजमा धवलागिरी पहिलाे, मंगला अन्तिम

  • पुनहिल डट कम
  • २ महिना अघि
  • १५१ पटक पढिएको
म्याग्दीमा दादुरा-रुबेला खोप अभियान पहिलाे दिन खाेप कभरेजमा धवलागिरी पहिलाे, मंगला अन्तिम

म्याग्दीमा बुधबारदेखि सुरू भएकाे दादुरा-रुवेला रोग विरुद्धको खोप अभियानकाे पहिलाे दिन जिल्लाकाे सवैभन्दा दुर्गम मानिएकाे धवलागिरी गाउँपालिकाले प्रतिशतमा सवैभन्दाबढी बालबालिकालाइ खाेप लगाएकाे छ । भने मंगला गाउँपालिकामा सवैभन्दा न्यून प्रतिशत खाेप कभरेज भएकाे छ ।

श्वास्थ्य कार्यालय म्याग्दीले बुधवार साँझ सार्वजनिक गरेकाे विवरण अनुसार फागुन १६-२१ गतेसम्म संञ्चालन हुने खाेप अभियानकाे पहिलाे दिन बुधवार धवलागिरीले लक्षित बालबालिकामध्य पहिलाे दिन ४७ दशमलव १ प्रतिशत लक्षित बालबालिकालाइ दादुरा-रुवेला रोग विरुद्धको खोप  दिएकाे छ । सवैभन्दा थाेरै मंगला गाउँपालिकामा लक्षित संख्याकाे जम्मा १७ दशमलव २ प्रतिशत बालबालिकाले खाेप पाए ।

त्यस्तै, बेनी नगरपालिकामा लक्षित बालबालिकामध्य २८ दशमलव ४ प्रतिशत, अन्नपूर्ण गाउँपालिकामा २५ दशमलव ३ प्रतिशत, मालिका गापामा २५ प्रतिशत र रघुगंगा गापामा १८ दशमलव ६ प्रतिशत बालबालिकाले दादुरा-रुवेला रोग विरुद्धको खोप पाएका छन । समग्रमा म्याग्दीमा पहिलाे दिन लक्षित ६ हजार ५ सय ७० बालबालिकामध्य १ हजार ७ सय ७७ जना बालबालिकाले खाेप पाएका छन ।

नौ महिना देखि पाँच वर्ष मुनिका बालबालिकालाई दादुरा-रुबेला खोप लगाइने अभियानको बुधबार बिहान  विहान १० बजेबाट जिल्लाभरी एकसाथ सुरू गरिएकाे थियाे । सदरमुकाम बेनीमा प्रतिनिधी सभा सदस्य खमबहादुर गर्वुजाले बेनी अस्पतालमा खाेप श्वास्थ्यकर्मिलाइ हस्तान्त्रणागरी सुरू गराएका थिए ।

जिल्लाका ६ वटै स्थानीय तहमा ९ महिना देखि ५ वर्ष उमेर समुहका लक्षित ६ हजार ५७० जना बालबालिकालाई दादुरा रुवेला विरुद्धको खोप लगाइने लगाउन थालिएकाे हाे । जिल्लाभर १५० वटा खोपकेन्द्र मार्फत खोप लगाउने व्यवस्था मिलाइएको छ । १५० जना स्वास्थ्यकर्मीका अलावा ३०० जना स्वमसेवक अभियानमा परिचालन भएका स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख भुवन ठकुराठीले बताए ।