FLASH NEWS
  • Loading...

४२ औँ मगर स्थापना दिवसको अवसरमा बेनीमा साँस्कृतिक झाँकी

  • पुनहिल डट कम
  • २ महिना अघि
  • १०९ पटक पढिएको
४२ औँ मगर स्थापना दिवसको अवसरमा बेनीमा साँस्कृतिक झाँकी

नेपाल मगरसंघको ४२ औँ स्थापना दिवसको अवसरमा मंगलवार  नेपाल मगर संघ, जिल्ला समन्वय समिति म्याग्दीको आयोजनामा बेनीमा मगर समुदायको कला, संस्कृति र भेषभुषासहित साँस्कृतिक झाँकी प्रदर्शन गरिएको छ ।

साे अवसरमा मगर संघकाे संस्थापक अध्यक्ष हेमबहादुर पुन मगरको स्मृतिमा अन्तरमावि सालैजो शिरफुले लोकनृत्य प्रतियोगिता पनि आयोजना गरियाे । उक्त अन्तर मावि सालैजो शिरफुले लोकनृत्य प्रतियोगिताको उपाधि बेनीस्थित प्रकाश माविले जितेको छ । प्रतियोगितामा बेनी सामुदायिक मावि द्धितिय, न्यु वेष्ट पोइन्ट आवासीय मावि तृतिय भएका छन् । प्रथम, द्धितिय, तृतियले क्रमश २० हजार, १२ हजार, ८ हजार नगद, ट्रफी, प्रमाणपत्र प्राप्त गरेका छन् ।

प्रतियोगितामा बेनी आवासीय मावि र दरबाङ बोर्डिङ स्कुलले सान्त्वना क्रमश ५ हजार नगद, ट्रफी, प्रमाणपत्र प्राप्त गरेको नेपाल मगर संघ जिल्ला समन्वय समिति म्याग्दीका उपाध्यक्ष खम थापाले बताए । प्रतियोगितामा १० विद्यालयले सहभागिता जनाएका थिए । दिवसको अवसरमा आयोजित प्रतियोगिताको प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजा खम्बीरले उद्घाटन गरेका थिए ।

नयाँ पुस्ता आधुनिक कला र संस्कृतिमा रमाइरहेको अवस्थामा प्रतियोगिताले मगर समुदायको मौलिक कला, संस्कृतिदेखि भाषा भेषभुषा पुस्तान्तरणको अभियानमा सघाएको प्रतिनिधी सभा सदस्य खमबहादुर गवुर्जाले बताए । उक्त कार्यक्रममा  पूर्वमन्त्री नरदेवी पुन, जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापा, बेनी नगरपालिकाका मेयर सुरत केसी, सामाजिक विकास कार्यालयका प्रमुख रमेश थापा समेतले मन्तब्य राखे ।