FLASH NEWS
  • Loading...

म्याग्दीमा दादुरा–रुवेला विरुद्धको खोप ६६ प्रतिशत खेर

  • पुनहिल डट कम
  • २ महिना अघि
  • १७४ पटक पढिएको
म्याग्दीमा दादुरा–रुवेला विरुद्धको खोप ६६ प्रतिशत खेर

म्याग्दीमा फागुन १६ गतेदेखी चैत १ गतेसम्म १५ दिन ९ महिनादेखी ५ बर्ष मुनीका सवै बालबालिकालाई दादुरा–रुबेला विरुद्धको खोप लगाईदै छ ।
जिल्लाका एक सय ५० केन्द्रमा लक्षित ६ हजार ५ सय ७० जना बालबालिकालाई दादुरा–रुवेला विरुद्धको खोप लगाउन लागिएको हो । तर जिल्लामा दादुरा–रुवेला विरुद्धको ६६ दशमलव ४ प्रतिशत खोप भने खेर जाने गरेको श्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ ।
दादुरा–रुवेला विरुद्धको खोप अभियान अवधिभर विहान १०–४ बजेसम्म विद्यालय तथा खोप केन्द्रमा लगाईने छ । फागुन १० गतेसम्म नियमित खोप अभियान जारी रहेको र दुर्गमका श्वास्थ्य केन्द्रबाट खोप बोक्ने किट संकलन हुन र फर्केर खोप केन्द्रमा पुग्न समय लाग्ने भएकोले जिल्लामा फागुन १६ गतेबाट मात्र अभियान संञ्चालन गर्न लागिएको हो ।
श्वास्थ्य कार्यालयको अभिलेख अनुसार गत आर्थिक बर्षमा सवै भन्दाबढी जन्मने वित्तिकै नवजात शिशुलाई लगाईने क्षयरोग विरुद्धको विसिजी खोप ५१ हजार ९ सय ६४ डोज (८९ प्रतिशत) खेर जाने गरेको छ । त्यस्तै, गत आवमा दादुरा–रुवेला विरुद्धको २ लाख ३३ हजार २ सय १९ (६६.४ प्रतिशत), पोलियो विरुद्धको ८१ हजार ४ सय ९५ (३९.३ प्रतिशत), हेपाटाईटिस वि विरुद्धको खोप ८२ हजार ६ सय ३३ (३९.८ प्रतिशत), जेई एक लाख १४ हजार चार सय १ (५८.४ प्रतिशत) डोज खोप खेर जाने गरेको थियो ।
म्याग्दीमा बालबालिकाहरुलाई विभिन्न रोगहरु विरुद्ध निःशुल्क दिईने ११ प्रकारका खोपहरु २९.४ प्रतिशत खेर जाने गरेको छ । गत आवमा विभिन्न रोग विरुद्धका कुल ९ लाख ९० हजार डोज खोप खेर जाँदा ३३ लाख ७५ हजार रुपैयाँ बढी लागतको आर्थिक क्षति भएको छ ।


यस अभियानमा जिल्लामा दादुरा–रुवेला विरुद्धको सात सय ३० भायल खोप प्रयोग हुने छ । एक भायलमा १० डोज खोप हुन्छ । एक पटक खोलेको खोपको भायल ६ घन्टा भित्र १० जनालाई लगाई सकिएन भने प्रयोग गर्न नमिल्ने भएकोले बाँकी डोज खोप खेर जाने गरेको हो ।
‘छरिएका वस्तीका खोप केन्द्र वा श्वास्थ्य संस्थामा खोप लगाउन एक–दुई जना मात्र बालबालिका आउँछन/अभिभावकले ल्याउने हुँदा १–२ जनालाई भएपनि अनिवार्य खोप लगाई दिनु पर्‍यो । एक भायल खोप खोलेपछि सवै डोज प्रयोग नहुँदा फाल्नु पर्ने हुँदा खोपसँगै राज्यको लाखौं रुपैयाँ पनि खेर जानेगरेको छ’ श्वास्थ्य कार्यालय म्याग्दीका सूचना अधिकृत विरेन्द्र चौधरीले भने, ‘हामीले मितव्ययी हुन खोप केन्द्रमा बालबालिकालाई समुह बनाई खोप दिने र सकेसम्म खोप खेर जान नदिन एक छिन कुराएरै भएपनि सवै डोज उपयोग गर्ने निती ल्याएका छौं ।’

किन जान्छ खोप खेर

खोप दुई थरीका हुन्छन । एउटा खोप खोलेको एक घण्टा भित्रै प्रयोग गर्नुपर्छ भने अर्को थरी खोप ६ घण्टा भित्र प्रयोग गर्नुपर्छ । यस्तै, केही खोपहरू खोल्ने बित्तिकै प्रयोग नगरे पछि प्रयोग गर्नै मिल्दैन ।

नेपालको भौगोलिक बनावट उच्च हिमाली, पहाडी क्षेत्रमा भएकाले एक ठाउँमा खोप प्रयोग गरी अन्य खोप रहेको अवस्थामा तत्काल खोप पुर्‍याउन समय लाग्ने हुँदा खोप खेर गइरहेको छ ।

बीसीजी खोप बच्चा जन्मिने बित्तिकै लगाइन्छ । जुन खोप एक भाइलमा २० मात्रा हुन्छ । जसमा एक सेसनका लागि एक भाइल खोप खोल्नुपर्छ । एक भाइल खोप लगाउने तत्काल त्यति धेरै शिशु हुँदैनन् ।

बीसीजी खोपको भाइल खोलेको १ घण्टामा लगाइसक्नु पर्ने हुँदा बढी खेर गएको उनको भनाइ छ ।

खोप खेर जान नदिन के गर्ने ?

खोप खेर जान नदिनका लागि एक भाइलमा १० डोज जाने भाइल ल्याउनुपर्ने हुन्छ । जति सानो भाइल ल्यायो, त्यति महँगो पर्छ । सस्तो पर्ने भएकाले एक भाइलमा २० मात्रा जाने ल्याउने गरिएको खोप शाखाले जनाएको छ ।

यस्तै, खोप सुरक्षा, खोप केन्द्र धेरै हुँदा, भौगोलिकताका कारण खोप खेर जाने दर बढ्ने श्वास्थय कार्यालय म्याग्दीका सुचना अधिकारी चैधरीले बताए ।