FLASH NEWS
  • Loading...

चौरासी पुजाको अवसरमा विद्यालयाई ६ लाख १० हजार आर्थिक सहयोग

  • पुनहिल डट कम
  • २ महिना अघि
  • १७७ पटक पढिएको
चौरासी पुजाको अवसरमा विद्यालयाई ६ लाख १० हजार आर्थिक सहयोग

म्याग्दीको मालिका गाउापालिका–४, छाप्सीबाङ पुख्यौली थलो भै पोखरामा बसोबास गर्दै आएका दलबहादुर घर्ती मगर पुन, श्रीमति भानुदेबी र परिवारले पुख्यौली थालोका विद्यालयलाई आर्थिक सहयोग गरेका छन ।
घर्ती मगर दम्पत्तिले चौरासी पुजाको अवसरमा स्थानीय च्युरिबोट स्थित सिद्धार्थ माविलाई ६ लाख दश हजार रुपैयाा नगद सहयोग गरेका हुन । उक्त रकम रोका परिवारले विद्यालयका प्रध्यानअध्यापक ललितबहादुर घर्ती, व्यवस्थापन समिति अध्यक्ष रेशमबहादुर पुनलाई आइतवार एक कार्यक्रमगरी हस्तान्त्रण गरेका थिए । सहयोगदाता घर्ती सोही विद्यालयमा दुई दशकसम्म ब्यवस्थापन समितीको अध्यक्ष भै विद्यालय चलाएका थिए ।


स्थानीय साधन राम्जालीका अनुसार दलबहादुर दम्पतिले दुई लाख, अष्ट्रेलिया रहेका माइला छोराबुहारी राजेन्द्र/सानु घर्तीले दुई लाख, कान्छा छोराबुहारी धावेन्द्र/ज्ञानु घर्तीले एक लाख, छोरी ज्वाईहरु विष्णुदेवी/भिम घर्तीले २५ हजार, स्थानीय तमबहादुर/याममाया घर्तीनले २५ हजार, बालकुमारी/हिराबहादुर पुनले २५ हजार, अमला/राजन पुनले २५ हजार र टकसरा पुनले १० हजार नगद सहयोग गरेका थिए ।