FLASH NEWS
  • Loading...

दोस्रो यू-१८ राष्ट्रव्यापी अन्तर स्थानीय तह पुरुष बास्केटबल उपाधी, म्याग्दीको अन्नपुर्णलाई

  • पुनहिल डट कम
  • २ महिना अघि
  • २३४ पटक पढिएको
दोस्रो यू-१८ राष्ट्रव्यापी अन्तर स्थानीय तह पुरुष बास्केटबल उपाधी, म्याग्दीको अन्नपुर्णलाई

दोस्रो कीर्तिपुर नगरपालिका यू-१८ राष्ट्रव्यापी अन्तर स्थानीय तह पुरुष बास्केटबल उपाधी डिफेन्डिङ च्याम्पेयन म्याग्दीको अन्नपुर्ण गाउँपालिकाले हात पारेकाे छ ।  जितमा सुजन परियार २९ अंक योगदान गरे ।

आज सम्पन्न फाइनल खेलमा कास्कीको अन्नपुर्ण गाउँपालिकालाई ६६ का बिरुद्द ७४ स्काेर अग्रता लिँदै दोश्रो पटक उपाधि जितेको हो   ।  पराजित गर्दै दोश्रो पटक उपाधि जेतेको हो  । सेमिफाइनलमा किर्तिपुर  नगरपालिकालाई पराजित गर्दै म्याग्दीको अन्नपुर्ण  फाईनलमा पुगेको  थियो । प्रतियोगितामा प्रथम हुँदै म्याग्दीले १ लाख २५ हजार नगद पुरस्कार, ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । उपविजेता कास्कीको अन्नपूर्णले ५० हजार नगद पुरस्कारमा चित्त बुझायो ।

प्रतियोगितामा कास्कीको अन्नपुर्ण गाउँपालिकालाई दोश्रो हाफको अन्तिम क्वाटरमा निकै रोचक र समाह्लिएर खेल्दा म्याग्दीले अंक  अन्तरलाई बढाएको थियो । अन्तिम क्वाटरको ६ मिनेट समय बाँकी रहंदा ६२ / ६५ को अन्तर रहेको निकै प्रतिस्पार्धामक खेलमा अन्तिम २ मिनेट बाकि रहंदा म्याग्दीले अंक अग्रतालाई बढाउदै अन्तत ८ अंकको अग्रताले खेल जित्न सफल भएको हो ।

कीर्तिपुर नगरपालिकाद्वारा आयोजित प्रतियोगितामा म्याग्दीको अन्नपूर्णका रनिक गर्बुजा ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित हुँदै १० हजार नगद पुरस्कार हात पारे । फागुन ६ गतेदेखि सुरु प्रतियोगितामा १२ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।