FLASH NEWS
  • Loading...

२० हजार पुरस्कार राशीको खुल्ला निवन्ध प्रतियोगिता हुने

  • पुनहिल डट कम
  • २ महिना अघि
  • १८३१ पटक पढिएको
२० हजार पुरस्कार राशीको खुल्ला निवन्ध प्रतियोगिता हुने

म्याग्दी प्रवासी नेपाली संघ (मोना) राष्ट्रिय कार्यकारी समिति क्रोसियाको आयोजनामा २० हजार नगद पुरस्कार राशीको खुल्ला निवन्ध लेखन प्रतियोगिता हुने भएको छ ।
मोना क्रोसियाका अध्यक्ष रुपेश सन्दासका अनुसार ‘प्रवासी म्याग्देली दृष्टी, समृद्ध म्याग्दीको सृष्टि’ विषयमा म्याग्दी जन्मस्थल भै संसारभर जहाँसुकै रहेको भएपनि निवन्ध लेखन प्रतियोगितामा सहभागी हुनेछन ।
प्रतियोगिताले इमेल मार्फत पिडिएफ र वर्ड फाईल पठाउनु पर्ने आयोजकले वहिविार बेनीमा पत्रकार सम्मेलन गरी जानकारी गराएको हो । आयोजकका अनुसार निवन्ध लेखन प्रगियोगितामा पहिलो, दोस्रो, तेस्रो र सान्तोना हुनेले क्रमशः २० हजार, १५ हजार, १० हजार र ५ हजार नगदसहित ट्रफि र प्रमाण पत्र जित्ने छन ।
आयोजकका अनुसार प्रतियोगितामा सहभागी हुन नेपाली भाषामा अधिकतम १५ सय शब्दमा नबढाई निवन्ध लेख्नु पर्ने र सहभागी शुल्क वापत ५ सय तिर्नु पर्ने छ । त्यस्तै प्रवासबाट प्रतियोगितामा सहभागी हुन सो देशमा रहेको मोना राष्ट्रिय समितिले म्याग्दीको भएको प्रमाणित गर्नु पर्ने बताईएको छ ।