FLASH NEWS
  • Loading...

किसोरकिसोरीमा मौलाउँदो हुक्का विकृति रोक्न बेनी नगरपालिकाहुक्का प्रतिवन्ध लगाउँदै

  • पुनहिल डट कम
  • २ महिना अघि
  • ३१४ पटक पढिएको
किसोरकिसोरीमा मौलाउँदो हुक्का विकृति रोक्न बेनी नगरपालिकाहुक्का प्रतिवन्ध लगाउँदै

बेनी नगरपालिकाले नगरक्षेत्रका सार्वजनिक स्थलमा हुक्का सेवनमा प्रतिवन्ध तथा विक्रिवितरणमा नियमन गर्ने भएको छ ।

नगरपालिकाकाे कायर्यपालिकाकाे माघ २५ गतेकाे बैठकले निर्णयगरी हुक्का सेवन तथा विक्रिमा कडाइ गर्न लागेकाे जनाएकाे छ । किसोर/किसोरी तथा युवा/युवतीमा मौलाउँदो हुक्का विकृतिलाई रोक्न बेनी नगरपालिकाले फागुन १६ गतेदेखी होटल, रेष्टुरेन्ट समेत सार्वजनिक स्थलमा जनश्वास्थ्यलाई गम्भीर असर गर्ने हुक्का विक्रि तथा सेवनमा प्रतिवन्ध लगाउने भएको हो ।
स्थानीय सरकार संञ्चालन ऐन ०७४ परिच्छेद ३ को धारा ११ को उपधारा ञ को १४ नं दफामा ‘स्थानियस्तरमा जनश्वास्थ्यमा प्रतिकुल असर पर्ने किसिमका उपभोग्य वस्तुहरुको बेचविखन र उपभोग तथा वातावरणीय प्रदुषण र हानिकारक पदार्थहरुको नियन्त्रण, अनुगमन तथा नियमन गर्ने अधिकार’ उल्लेख भए अनुसार होटल तथा रेष्टुरेन्ट ब्यवसायीकै सहकार्यमा फागुन १६ गतेदेखी हुक्का सेवन तथा विक्रिमा प्रतिवन्ध गर्न लागेको बेनी नगरपालिकाले जनाएको छ ।


‘बेनीमा मौलाएको हुक्का विकृति रोक्न सार्वजनिक स्थलमा प्रतिवन्ध लगाएका हौं । हुक्काले केही गर्दैन भन्ने भ्रमपूर्ण मनोविज्ञानले किसोर/किसोरी समेत सार्वजनिक स्थलमा अभिभावक र मान्यजनकै अगाडी हुक्का तान्ने गरेका छन । हुक्काले युवा पुस्तालाई निकोटिनको लतमा फसाई मात्र राखेको छैन, सामाजिक मर्यादा पनि भत्काएको छ’ बेनी नगरपालिकाका मेयर सुरत केसीले भने, ‘फागुन १६ गतेसम्म हुक्का वारहरुलाई आ–आफ्नो ब्यवस्थापन गर्न र हामीले कार्यविधी बनाउने समेतका कानुनी आधारहरु तयार पर्न समयसीमा तोकेका हौं । त्यसपछि सेवन गर्ने र विक्रि गर्ने दुवैको नियमन गर्छौ, कार्वाही गर्छौ ।’
होटल तथा रेष्टुरेन्टहरुले अनिवार्य जस्तै आफ्ना मेनुमा ‘हुक्का एभाईलेवन’ लेखेका छन । ध्रुमपान तथा सूर्तिजन्य पदार्थ सेवन गर्न आफुभन्दा माथिल्लो पुस्तासंग लजाउने, डराउने किसोरकिसोरी, युवायुवतीहरु रेष्टुरेन्टहरुमा हुक्का निर्धक्क सेवन गर्छन । केहीले त मेनुमा मात्र होईन, वोर्डमै हुक्का वार लेखेका हुन्छन । अझ रेष्टुरेन्ट वा वारमा बसेर हुक्का सेवन गर्दे गरेको तस्वीर सामाजिक संञ्जालमा राख्ने प्रवृत्तिले कलिला बालबालिकाको सोचाईमा समेत असर पारेको छ । हुक्काले खुल्लमखुल्ला कुलतलाई बढवा दिईरहेको छ ।


‘अन्य सूतिजन्य पदार्थ जस्तै हुक्कालाई पनि नियमन आवश्यक छ । हामी मुनाफाको भरमा हुक्का सेवनमा वेलगाम छोड्नु पर्छ भन्ने ठान्दैनौं तर पूर्ण रोक लगाउने कुराले ब्यवसायलाई प्रभावित पार्छ । कार्यान्वयन गर्न पनि समस्या पर्ने भएकोले नियमनको विधी बनाउन आवश्यक ठानेका छौं’ होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघका सचिव राजन लामाले भने, ‘बालबालिकालाई पूर्ण निशेध गरौं, वयस्ककालागी अहिले जस्तो खुल्ला हैन तर कुनै स्पेशल जोन बनाई सेवन गर्न दिने गरी ब्यवस्थापन गरौं ।’
स्याउ, आरु, नरिवल, आँप, पुदिना, कोला, स्ट्रेबेरी आदी फ्लेवरमा पाईने हुक्का सूर्तीलाई चारकोलको कोईला प्रयोग गरी सल्काईन्छ । गाउँघरबाट प्रायः लोप भएको पित्तल र काठबाट निर्मित तमाखु हुक्कालाई काँचका रंगिन भाँडोमा विभिन्न फ्लेवरयुक्त हुक्का प्रयोगमा छन ।


हुक्का ब्यापारीका अनुसार अहिले बेनीमा १ हजार ५ सयदेखी १५ हजार मुल्यसम्मका हुक्का पाईन्छ । सस्ता हुक्का सामान्य रेष्टुरेन्ट र महंगा हुक्का महंगा होटल, रेष्टुरेन्टमा जान्छ । केही हुक्का पारखीहरुले घरमा सजाउनकालागी पनि महंगा हुक्का सेट र सोही अनुसारका महंगा फ्लेवरयुक्त चारक्वाईल लैजाने गरेका छन ।
फेसन र मनोरञ्जनको साधनको रुपमा प्रयोग भैरहेको हुक्का सूतिजन्य पदार्थ सेवन भन्दा सयौं गुणाबढी घातक भएको श्वास्थ्यविदहरुले बताएका छन । विभिन्न फ्लेवरको धुँवा पानीबाट पास भएर फिल्टरहुने भन्दा सुर्तिजन्य पदार्थ र चुरोटभन्दा सुरक्षित छ भन्ने गलत बुझाई झन घातक छ ।