FLASH NEWS
  • Loading...

मोटरबाटोले फस्टायो सुन्तला खेती, सुन्तला बेचेर २१ करोड भित्रियो

  • पुनहिल डट कम
  • २ महिना अघि
  • २२९ पटक पढिएको
मोटरबाटोले फस्टायो सुन्तला खेती, सुन्तला बेचेर २१ करोड भित्रियो

सुन्तला म्याग्दीबाट बाहिर निकासी हुने प्रमुख एक कृषी उपज हो । गाउँगाउँसम्म मोटरबाटो पुगेपछि सुन्तलाको ब्यवसायीक खेती सुरु गरेका म्याग्दीका कृषकले यस वर्ष सुन्तला पोखरा, नारायणघाट, काठमाण्डौ, वुटवल तथा जनकपुर जस्ता शहरमा बेचेर २१ करोड बढी नगद भित्राएका छन ।

सडकले ढुवानी सहज हुन थालेपछि कृषकले सुन्तलालाई ब्यवसायीकरण गर्ने प्रयत्न थालेका हुन । सुन्तलाको ब्यवसायीक खेतीसँगै परम्परागत जीवनशैलीमा परिवर्तन ल्याउन थालेको छ । कृषी ज्ञान केन्द्र म्याग्दीले दिएको जानकारी अनुसार सुन्तला पकेट क्षेत्रका कृषकले सुन्तला पाक्ने पीक सिजनमा थोक मुल्यमा विक्रि गरेको औषत मुल्यको आधारमा आम्दानी निकालिएको हो ।

केन्द्र प्रमुख सञ्जीव बास्तोलाका अनुसार म्याग्दीमा ८ सय १० हेक्टर क्षेत्रफलमा सुन्तला खेती हुन्छ । त्यसमध्य ४ सय हेक्टरबाट उत्पादित ३६ मेट्रिक टन सुन्तला बाहिर निकासी भएको हो । यस वर्ष रघुगंगाको बेग, बान्दुक, अन्पूर्णको औला, दोसल्ले समेतका पकेट क्षेत्रमा असिनाले सुन्तला खेतीमामा क्षति पुर्‍याएकोले उत्पादनमा कमी आएका थियो ।

‘दोसल्लो ४४ घर भएको सानो गाउँ हो । यहाँका प्रायःसवै घरमा धेरथोर सुन्तला खेती हुन्छ । यस वर्ष सुन्तला बेचेर दोसल्लेमा एक करोडबढी भत्रियिो । मैले पनी सुन्तला बेचेर १० लाख कमाएँ’ अन्नपूर्ण गाउँपालकिा, ७ दोसल्लेमा बेनीबाट गएर सुन्तला खेती गररिहेका वकिाश श्रेष्ठले भने, ‘दोसल्ले गाउँको अर्थतन्त्र र जीवनस्तर सुन्तलाले उकास्दै छ ।

सुन्तला खेतीको अनुकुल वातावरण भएकोले अन्नपूर्ण गाउँपालिकाको दाना, घार, दोवा, दोसल्ले, रहुगंगा गापाको बेग, बान्दुक, भगवती, पिप्ले बेनी नगरपालिकाको काउलेगौंडा, पाल्लेखेत, भकिम्ली राखु, सुर्केमेला, बास्कुना, मरेक, मंगला गापाको बरंजा, भोर्लेनी, अर्मन मालिका गापाको फुलवारी, बिम, ताम्ला, देविस्थान, ओखरबोट र धवलागिरी गापाको ताकम सुन्तलाको पकेट क्षेत्र हुन ।

‘जिल्लाका अगुवा कृषकले ट्रकमा चढाएका सुन्तलाको मात्र मुल्य संकलन भएको छ । एक दुई बोटबाट बेच्ने साना कृषक तथा साना डोके ब्यापारीले लगेका सुन्तलाको मुल्य संकलन समावेश छैन । हामीले क्रपकटिङ विधीबाट लिएको सुन्तला उत्पादनको वअस्था अध्ययन तथ्याङ्क निकालेका हौं’ कृषी ज्ञान केन्द्र म्याग्दीका प्रमुख सञ्जीव बास्तोलाले भने, ‘जिल्लाका पनि अलि दुर्गम क्षेत्रका कृषकको सुन्तला ब्यापारीले ज्यादै सस्तो मुल्यमा लिने गरेका छन । छिमेकी पर्वतको बाँसखर्कमा एक सय १० प्रति केजीमा विक्रि हुँदा हाम्रा कृषकले ६०–८० रुपैयाँमा फालेका छन ।’

सुन्तला पकेट जोनका कृषक समुहहरुले दिएको विवरण अनुसार यस बर्ष मंगला गापाबाट १ करोड ६० लाख, भकिम्लीबाट २ करोड ५० लाख, सुर्केमेला, बास्कुनाबाट १ करोड ६० लाख, मालिकाको विमबाट १ करोड र अन्नपूर्ण गापा, घारबाट ४५ लाख तथा दोसल्लेबाट एक करोडबढी सुन्तला निकासी भएको छ ।

स्वादमा कहलिएको म्याग्दीका सुन्तला राजधानी काठमाण्डौसमेत पोखरा र नारायणगढका ब्यापारीले पुरै पाक्न नपाउँदै बारीबाट उठाउने गरेका छन । ब्यवसायीक उत्पादन उन्मुख भएकोले भिक्री वस्तीका कृषकले सस्तोमै वित्रि गर्न बाध्य छन । यस बर्ष ब्यापारीले कृषकको बारीबाट प्रति किलो ६०–८० रुपैयाँसम्म खरिद गरेका थिए ।
मुलुकमा उत्पादन हुने फलफूल मध्ये एक तिहाई बजार सुन्तला तथा जुनारको रहेको कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ । सुन्तला फ्रेसभन्दा बढी जुसको रुपमा चीन तथा भारतमा विक्रिहुने हुँदा ब्यापारी झोलामा पैसा बोकेर कृषकको बारीमै पुग्ने गरेका छन । भारत र चीन नेपाली सुन्तला जुसका मुख्य बजार हुन् ।