FLASH NEWS
  • Loading...

शुशिल गर्वुजा हत्या आरोपित ५ जना नावालक पूर्पक्षकालागी सुधारगृह चलान, बयस्कको बयान जारी

  • पुनहिल डट कम
  • २ महिना अघि
  • ३३२ पटक पढिएको
शुशिल गर्वुजा हत्या आरोपित ५ जना नावालक पूर्पक्षकालागी सुधारगृह चलान, बयस्कको बयान जारी

गत माघ ११ गते बेनी नगरपालिका, ८ बेनीको क्याम्पसचोकमा शुशिल गर्वुजालाई खुकुरी प्रहारगरी हत्या आरोप लागेका १७ जनामध्य ५ जना नावालक (१८ बर्ष उमेर नपुगेका) लाई मंगलवार जिल्ला अदालतले पूर्पक्षकालागी वालसुधार गृहमा राखी घट्ना अनुसन्धान गर्न आदेश गरेको छ ।
जिल्ला अदालतका न्यायाधिश प्रकाशप्रसाद पण्डितको आदेश अनुसार आरोपित नावालकहरु म्याग्दी ४३ ब, त, फ, म र द लाई पूर्पक्षकालागी वालसुधार गृहमा पठाईएको हो । घट्नामा आरोपित थप म्याग्दी ४३ ध र ह भने फरार छन ।
त्यसैगरी गर्वुजा हत्या आरोपित १० जना वयस्कहरुमध्य पक्राउ परेका अमृत पुर्जा, उत्सव पुन, प्रविन जिसी, सविन राई, सज्जन खत्रीको मंगलवार बयार सकिएको छ । अन्य आरोपित शंकर घर्ती, सफल खत्री र सोहन बरुवालको वुधवार बयान हुने र संभवत भोली नै थुनछेक आदेश हुने संभावना रहेको जिल्ला अदालतका श्रेष्तेदार भोलाराज रेग्मीले बताए ।
घट्नाका अाराेपित थप २ जना भने फरार छन । घट्ना अनुसन्धानमा प्रभाव पार्ने भन्दै फरारको हुलिया भने प्रहरीले सार्वजनिक गरेको छैन । प्रहरीका अनुसार गर्वुजा हत्या आरोपितमध्यका सफल केसी र शंकर घर्ती यस अघि छुट्टै ज्यान मार्ने उद्योग मुद्धामा अदालतबाट धरौटीमा छुटेका थिए ।
गत माघ ११ गते साँझ अन्दाजी ६.३० बजे सदरमुकाम बेनीको क्याम्पसचोक नजिक दुई समुह विच झडपहुँदा शुशिल गर्वुजाको छातीको दाहिने भागमा धारिलो हतियार प्रहारगरी हत्या भएको थियो । उक्त घट्नामा प्रहरीले अनुसन्धानगरी प्रतिवेदन फागुन ३ गते जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको थियो । प्रहरी अनुसन्धान प्रतिवेदनको आधारमा सरकारी वकिल कार्यालयले वयस्कहरुको हममा मुलुकी अपराध संहिता, २०७४ को दफा १७७ को (१) बमोजिमको कसूरमा ऐ १७७ (२) बमोजिम जन्मकैदको सजायको मागदावी गरी अभियोजन पत्र दायर गरेको थियो ।
त्यस्तै, वकिल कार्यालयले परिवर्तित नामथर भएका आरोपितको हकमा भने बालबालिका ऐन २०७५ को दफा ३६ बमोजिम माग दाबी गरिएको छ ।