FLASH NEWS
  • Loading...

एघारौं विज्ञान हाजिरीजवाफ प्रतियाेगितामा अायाेजक प्रकाश मावि पहिलाे

  • पुनहिल डट कम
  • २ महिना अघि
  • १२७ पटक पढिएको
एघारौं विज्ञान हाजिरीजवाफ प्रतियाेगितामा अायाेजक प्रकाश मावि पहिलाे

सदरमुकाम बेनी स्थित प्रकाश माध्यामिक विद्यालयले अायाेजना गरेकाे  विज्ञान हाजिरीजवाफ प्रतियाेगितामा अायाेजक प्रकाश मावि पहिलाे भएको छ ।

म्याग्दी र पर्वत जिल्लाका १४ वटा विद्यालयले भाग लिएको उक्त प्रतियोगितामा लिटिल गार्डेन बेनी र रघुगंगा माध्यमिक विद्यालय पिप्ले क्रमशः दाेस्राे र तेस्राे भए । पहिलाे, दाेस्राे र तेस्राे हुने विद्यालयले रनिङ ट्रफि साथै नगद १०,०००/-,  ६,०००/- र  ४,००० तथा प्रमाणपत्र हात पारे ।

प्रकाश माविले विज्ञान विषय प्रचारप्रसारका लागि आयोजना गरेको प्रतियोगिताको एघारौं संस्करण हाे । युरेस व्यवस्थापन र प्रकाश बालक्लव सहयोगी रहेको प्रतियोगितामा विज्ञान, गणित, MCQ, Rapid Fire लगायत ८ वटा राउन्ड सञ्चालन गरिएको तथा पहिलोपटक ICT प्रविधि प्रयाेग गरि नयाँ प्रयोग गरिएको अायाेजकले जनाएकाे छ ।प्रकाश मावि कक्षा ११-१२ मा विज्ञान विषय अध्यापन हुने म्याग्दी जिल्लाको एकमात्र विद्यालय हाे ।