FLASH NEWS
  • Loading...

माउण्ट एभरेष्ट आवासीय माविकाे ३४ र्औं वार्षिकोत्सव सम्पन्न

  • पुनहिल डट कम
  • २ महिना अघि
  • १३२ पटक पढिएको
माउण्ट एभरेष्ट आवासीय माविकाे ३४ र्औं वार्षिकोत्सव सम्पन्न

जिल्लाकाे सदरमुकाम बेनीमा निजी क्षेत्रबाट स्थापित अग्रेणी विद्यालय माउण्ट एभरेष्ट आवासीय माध्यामिक विद्यालयले  अाइतवार अाफ्नाे ३४ र्औं वार्षिकोत्सव तथा अभिभावक दिवस विविध कार्यक्रमगरी मनाएकाे छ ।

स्थापना दिवसकाे अवसरमा बेनी नगरपालिका, ७ कुरिलाखर्क स्थित विद्यालय प्राङ्गणमा अायाेजित कार्यक्रममा प्रमुख अतिथी जिल्ला समन्वय समितिका प्रमुख राज कुमार थापा समेत विद्यालयका संञ्चालक र वक्ताहरूले  संस्थागत विद्यालय र माउण्ट एभरेष्ट अावसिय विद्यालयकाे योगदान बारे चर्चा गरे ।

कार्यक्रममा विद्यालयका शैक्षिक निर्देशक राजु केसीले गुणस्तरीय शिक्षासागै संस्कार सहितको सीपमूलक शिक्षा आजको आवश्यकता भएकाले त्यसतर्फ ध्यान पुगेकाे बताउँदै  म्याग्दीको शैक्षिक धरोहर एवम् प्रतिष्ठित शैक्षिक संस्थाको रुपमा परिचित विद्यालयलाई अझै माथी पुर्याउने वाचा गरे ।

२०४७ सालमा  स्थापना भएको यस विद्यालयले हाल प्लस टु सम्म विद्यार्थीहरू अध्ययनरत रहेका छन् । विद्यालयले वार्षिकोत्सवको अवसर पारी विद्यालयले पूर्व विद्यार्थी एवम् चर्चित राष्ट्रिय कलाकार प्रकाश दूतराज, पूर्व विद्यार्थी एवम् राष्ट्रिय खेलाडीहरू, उत्कृष्ट अङ्क ल्याउन सफल विद्यार्थी,  १० बर्षदेखी निरन्तर अध्यापनरत शिक्षकहरूलाइ सम्मान गरिएकाे थियाे ।