FLASH NEWS
  • Loading...

पूर्वानुमाान असफल नभए साेमबारदेखी वर्षाकाे संभावना

  • पुनहिल डट कम
  • २ महिना अघि
  • १०३ पटक पढिएको
पूर्वानुमाान असफल नभए साेमबारदेखी वर्षाकाे संभावना

माैषमले धाेका दिएन भने साेमबारदेखी सुदुरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा हल्का बर्षा/हिमपात हुन सक्ने माैषम पूर्वानुमान गर्ने निकायले जनाएका छन ।

ति संस्थाहरूका अनुसार अाइतवारदेखी फेरि अर्को पश्चिमी वायुको प्रभावले आज देखि देशभरीनै बदलि रहेको र भोलि देखि पश्चिम पहाडी भेगमा हिमपात सुरु हुने देखिन्छ। मंगलबारदेखि सुदुरपश्चिम र कर्णाली प्रदेशमा हल्का देखि मध्यम, गण्डकी र बागमतीमा हल्का वर्षाको सम्भावना छ। तराई छेत्रमा छिटपुट मात्र वर्षाको सम्भावना देखिन्छ।

जल तथा माैषम विज्ञान महाशाखाले अाइतवार दिउँसाे एक विषेश माैषमी सूचना प्रकाशित गरी हिउँदे वर्षाकाे संभावना बारे जानकारी गराएकाे छ ।

माइक्राेसफ्टकाे वेयदर एपले भने गण्डकी प्रदेशमा मंगलवार वर्षा हुने र बुधवार सामान्य वर्षाकाे संभावना देखाएकाे छ ।