FLASH NEWS
  • Loading...

राहुघाट ७१ प्रतिशत सम्पन्न, पुरा टनेल ब्रेकथ्रु हुन तीन महिना लाग्ने

  • पुनहिल डट कम
  • २ महिना अघि
  • २०१ पटक पढिएको
राहुघाट ७१ प्रतिशत सम्पन्न, पुरा टनेल ब्रेकथ्रु हुन तीन महिना लाग्ने

रघुगंगा गाउँपालिका, ३ पिप्लेमा निर्माणाधिन राहुघाट जलविधुत आयोजनाको भौतिक प्रगती ७१ प्रतिशत पुगेको छ ।
नेपाल विधुत प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाईड्रो लिमिटेड प्रर्वद्धक रहेको ४० मेगावाट क्षमताको राहुघाट जलविधुत आयोजनाको कुल ६ हजार २ सय ७० मिटर लामो टनेल मध्य ५ हजार ८ सय ३१ मिटर टनेल खनिएको छ ।
मुख्य प्रर्वद्धक रघुगंगा हाईड्रो लिमिटेडले दिएको विवरण अनुसार टनेलको पहिलो च्यानेजको (अडिट २ पिप्लेदेखी अडिट ३ घट्टेखोला) ब्रेकथ्रु हुन अव ११ मिटर, दोस्रो च्यानेजको (अडिट १ हेडवक्सदेखी अडिट २ घट्टेखोलासम्म) ब्रेकथ्रु हुन ३ सय ७२ मिटर र पावरहाउसदेखी माथी सर्साफसम्म ५६ मिटर गरी ४ सय ३९ मिटर बाँकी रहेको छ । टनेलका विभिन्न प्याकेजमध्य सवैभन्दा लामो अडिट २–३ विचको टनेल फगुन १० गतेभित्र ब्रेक थ्रु गर्ने लक्ष्य रहेको छ ।
‘टनेललाई विभिन्न प्याकेज बनाई फरक–फरक अडिटबाट खन्ने काम गरिएकोमा सवै भन्दा लामो खण्डमा टनेलको ब्रेकथ्रु हुने अवस्थामा छ । अब ११ मिटर मात्र बाँकी छ । माटोको भाग बढी भएको रिस्की क्षेत्रको टनेल भएकोले यस च्यानेजको टनेल ब्रेकथ्रु हुनु हाम्रालागी ठूलो उपलब्ध मानेका छौं’ रघुगंगा हाईड्रो लिमिटेडका सिभिल महासाखा प्रमुख रविन कट्टेलले भने, ‘आयोजनाले ०८१ बैशाखभित्रका सवै टनेल ब्रेकथ्रु गर्ने लक्ष्य राखेका छौं ।’


आयोजनाले टनेल पुरा भएका प्यााकेजमा कंक्रिट लाईनिङ गर्ने, पेनस्टक राख्ने र पावरहाउसमा टर्वान राख्ने क्षेत्रको काम पनि एकसाथ सुरु भैरहेको जनाएको छ । आयोजनाले रिभर डाईभर्सन र पावरहाउस भित्रको डिष्टिब्युटर्स पाईंपको हाईड्रोस्टिक प्रेसर टेष्टिङ पनि सफल भएको जनाएको छ । पावरहाउसमा रहने दुई वटा टवाईनमध्य एउटा टवाईन घुमाउन ६ वटा नोडल भएको वितरण पाईपको परिक्षण गरिएको हो । त्यस्तै पावरहाउसदेखी सर्साफसम्म ८ सय ११ मिटर स्लोप र १ सय ९६ मिटर भर्टिकल टनेलमा पेनस्टक पाईप राख्ने काम पनि सुरु भएको छ ।


अर्धजलाशययुक्त आयोजनाबाट सुख्खा मौषममा ४ करोड ९९ लाख ७८ हजार र वर्खा सिजनमा २४ करोड ५ लाख ९३ हजार युनिट प्रतिघन्टा कन्ट्राक इनर्जी रहेको छ । राहुघाट जलविधुत आयोजनाबाट उत्पादित विधुत आयोजनाको स्वीच आर्डबाट करिव ७ सय मिटर पूर्वमा रहेको दाना–कुस्मा २२० केभिए प्रशारणलाईनमा ‘लुप इन, लुप आउट’ सिस्टममा जोड्ने प्रस्ताव छ ।


‘आयोजनाको भौतिक प्रगति ७१ प्रतिशत र वित्तिय प्रगती ५५ प्रतिशत रहेको छ । पावरहाउसमा टवाईन र जेनेरेटरमध्य एक–एक वटा आईसक्यो, टवाईन घुमाउने पाईपलाईन जडान र परिक्षण भैरहेको छ । स्वीच आर्डको काम सकियो’ रघुगंगा हाईड्रो लिमिटेडका इलेक्ट्रोमेकानिकल प्रमुख संजय पाठकले भने, ‘आयोजनाको कामले राम्रो गति लिईरहेको बेला हामीलाई नदीजन्य पदार्थको समस्या सामना गर्नु परेको छ ।’
भारतिय आयात–निर्यात (एक्जीम) बैंकको सहुलियतपूर्ण ऋण लगानी भएको राहुघाट जलविधुत आयोजनामा ब्याज बाहेक ८ अर्व ६० करोड लागत अनुमान गरिएको छ । आयोजना भारतिय ठेकदार कम्पनी जयप्रसाद (जेपी) एशोसिएटसले सिभिल तथा हाईड्रमेकानिकल र उपकरण, स्वीचार्ड उपकरण जडान, आपुर्ति र ढुवानी गर्नेगरी इलेक्ट्रोनिकल तर्फ काम गर्न भारत हेभी इलेक्ट्रोकल्स लिमिटेड (भेल)लाई इपिसी (भ्लनष्लभभचष्लन, उचयअगचझभलत, बलम अयलकतचगअतष्यल ९भ्एऋ० मोडेलमा लगाइएको हो । यो मोडेलमा काम गर्दा लेआउटमा उल्लेख भएको बाहेक जियोलोजिकल डिफेक्ट आएमा मात्र मुल्य समायोजन हुन्छ ।


प्राधिकरणले २०६५ देखी राहुघाटको सिभिल इन्जिनियरिङ्गको काम सुरु गरेको हो । ऋणको सर्त अनुसार २०६७ कात्तिकमा दुई बर्षमा निर्माण सम्पन्न गर्ने गरी भारतिय कम्पनी आइभिआरसिएल इन्फास्टक्चर प्रोजेक्टस् इण्डिया लिमिटेडसँग ठेक्का सम्झौता गरेको थियो । तर ठेकदारले काम गर्न नसकेपछि प्राधिकरणले २०७० मा सम्झौता टर्मिनेट (भङ्ग) गरेको थियो ।
आइभिआरसिएलसँग ठेक्का टर्मिनेट भएपछि रघुगंगा हाईड्रो लिमिटेडले राहुघाट हाईड्रोको डिजाईन तथा मोडेल परिवर्तन ३२ बाट ४० मेगावाट क्षमता बृद्धी गराएको थियो । नयाँ मोडेल अनुसार रघुगंगा हाईड्रोमा ७० प्रतिशत विधुत प्राधिकरण र ३० प्रतिशत सर्वसाधारणको सेयर रहने कम्पनीले जनाएको छ ।
त्यस्तै, पावरहाउस तर्फ टर्वाइन राख्ने र हाउजिङको काम भैरहेको छ । राहुघाट जलविधुत आयोजनाको पावर हाउस सदरमुकाम बेनीदेखी ३ किमी उत्तर तर्फ रघुगंगा गाउँपालिका, ३ तिल्केनीमा बेनी–जोमसोम सडक किनारामा बन्दै छ । आयोजना सन २०२४ अक्टुवरसम्म म्याद थप भएको छ ।


सर्वोच्च अदालतले कालीगण्डकी नदीबाट दहत्तर–बहत्तर (नदीजन्य पदार्थ) उत्खननमा रोक लगाएकोले आयोजनाको निर्माणमा प्रभाव परेको आयोजनाले जनाएको छ । राहुघाट खोला साँघुरो र अति भिरालो भै बग्ने भएकोले आयोजनालाई आवश्यक पर्ने नदीजन्य पदार्थ पाईदैन । धेरै नदीजन्य पदार्थ पाईने कालीगण्डकीबाट उत्खनन गर्न नपाएपछि आयोजनाले बेनी नगरपालिकाको म्याग्दी खोलामा टेण्डर हालेर किन्ने भएको छ ।


‘आयोजनालाई नदीजन्य पदार्थ प्रमुख चुनौति बनेको छ । टनेल ब्रेकथ्रु हुँदैछ । त्यसपछि टनेलमा पुरै गिटीवालुवाको काम बाँकी रहन्छ तर हामीसँग आवश्यक नदीजन्य पदार्थ स्टक छैन । आयोजना क्षेत्रबाट धेरै टाढा म्याग्दीनदीको डम्बरा, चुत्रेनी र जोगीगाडे बगर किनेका त छौं तर त्यो प्रयाप्त हैन’ रघुगंगा हाईड्रो लिमिटेडका सिभिल महाशाखा प्रमुख रविन कट्टेलले थपे, ‘नदीजन्य पदार्थ नपाईदा हामीलाई भारतीय ठेकदार भड्केलान भन्ने पीरलो छ ।’ *समाचार इकान्तिपुरमा प्रकाशित छ ।