FLASH NEWS
  • Loading...

युद्धको नपुरिएको ‘खत’

  • पुनहिल डट कम
  • २ महिना अघि
  • २२७ पटक पढिएको
युद्धको नपुरिएको ‘खत’

नेपाली वृहत शब्द कोषमा ‘खत’ भन्नाले शरीरमा धारिलो हतियार वा वस्तुले चोटपटक लाग्छ, आगो वा तातोपानीले पोल्छ । यस्ता चोट वा पोल्दा बनेको घाउ कुनै चाँडो, कुनै ढिला वा कुनै शल्यक्रिया गरी लामो उपचारपछि निको हुन्छ । तर शरीमा ‘खत’ रहिरन्छ । कुनै चोटका खत विस्तारै मेटिन्छ, गहिरो चोटले बनेका घाउका खत भने लामो समयसम्म वा जीवनभर पनि खत रहिरहन्छ ।
लडाई, झगडा वा युद्धमा मान्छेहरु मर्छन । घाईते हुन्छन । अपाङग हुन्छन । लडाईको वेला लागेका चोटका घाई विस्तारै पुरिन्छन । तर खत रहिरहन्छन । युद्धमा परेका मान्छेहरुको शरीरमा लागेको घाउ विस्तारै पुरिए पनि खत अझै छन ।


माओवादीले सुरु गरेको शसस्क्र द्वन्द्व त्रममा भएका सयौं शसस्क्र आत्रमण, भिडन्तमा मानवीय हताहती मात्र भएन, भौतिक संरचनाहरु पनि नष्ट भए । ध्वस्त भए । ०६० चैत ७ गते माओवादीले म्याग्दी सदरमुकाम बेनीमा आक्रमण गरे । जस्लाई बेनी भिडन्त भनिन्छ । भिडन्तक्रममा नष्ट/ध्वस्त भएका भौतिक संरचनामध्य एउटा थियो, विजुलीको खम्बा । र उक्त खम्बा बेनी भिडन्तस्थलमै ‘शान्ति स्तम्भ’को रुपमा राखिएको छ ।
‘बेनी भिडन्तक्रममा क्षतविक्षत भएको विजुलीको खम्बालाई संरक्षण गरिरहेको ललितपुर स्थित मदन पुरस्कार पुस्तकालयले बेनी नगरपालिकालाई फिर्ता पठाएपछि ‘शान्ति स्तम्भ’को रुपमा भिडन्तस्थलमै राखेका छौं । खम्बासँगै हामीले बेनी भिडन्तजस्ता सयौं भिडन्त तथा लडाईको बिम्बको रुपमा संरक्षित गर्ने हौं’ बेनी नगरपालिका प्रमुख सुरत केसीले भने, ‘अहिले उक्त विजुलीको खम्बाको गोली लागेको स्थानमा खिया देखिएको छ, हामी मेटलिष्ट ल्याएर मेटल कलर गर्ने र हतियार विज्ञ खोजेर उक्त विजुलीको खम्बामा कुन कुन हतियारका गोली लागेका रहेछन अध्ययन गराउने योजनामा छौं ।’


नेकपा माओवादीले २०५२ साल फागुन १ गते शसस्त्र द्वन्द्व सुरु गरे जस्लाई उनीहरु ‘जनयुद्ध’ भने । युद्धक्रममा १७ हजारबढी मारिए । हजारौंको शरिरमा घाउ लागे, रगत बगे । युद्धले बनाएका खत मानिस र समुह पिच्छे फरक पर्ला तर समाजले आ–आफ्नै किसिमका खत बोकेर बाँचिरहेको छ । माओवादी शान्तिपूर्ण राजनितीमा समाहित भएको लामो समय भैसक्यो । विद्रोह विसाएपछि जन्मिएको पुस्ता यौवनावस्था भौग्दैछ । र युद्ध लडेका योद्धाकै सन्तानहरु ‘जनयुद्ध’ रोमाञ्चक कथा ठान्न थालेका छन ।
माओवादीको सपनाले युद्ध जित्यो कि हार्‍यो अलग कुरा हो तर माओवादी ‘जनयुद्ध’को खत मेटिएको छैन । युद्ध सकियो, घाउ पुरिए तर खत बाँकी छ । घाईते शरीरमा लागेको घाउको खत अझै उस्तै छन । युद्धले बनाएका खत मानिस र समुह पिच्छे फरक पर्ला तर चोटको पीडा उस्तै हुन्छ । र नेपाली समाजले आ–आफ्नै किसिमका खत बोकेर बाँचिरहेको छ । युद्धको खत मानिसमा मात्र होईन, समाजका संरचना र मनोदशामा पनि छन, त्यसैको प्रमााण हो, यो विधुत खम्बा पनि ।
बेनी नगरपालिकाको आगनमा ‘शान्ति स्तम्भ’को रुपमा स्थापित सयौं गोली लागेर छियाछिया परेको विजुलीको खम्बा देखेपछि युद्ध नभोगेको पुस्ताले पनि युद्धले कहिल्यै नमेटिने खत बसाउन सक्छ भन्ने, महसुस गर्नेछन । युद्धमा नपर्नु वा युद्धपछि सपाङ्गै रहनु अलग कुरा हो तर युद्धको प्रभावबाट कोही अछुतो रहन सक्दैन भन्ने यो ‘क्षतविक्षत विजुलीको पोल’ले युद्धको पीडा अनुभव गराउने छ र मान्छेहरु कहिल्यै युद्धलाई आदर्श मान्ने छैनन ।


‘हामी कहालीलाग्दो विगत तर्फ सम्झन चाहन्नौं । घाउका खत उप्काउन चाहन्नौं तर शरिर भित्रको गोलीको पीडा हामीले भोगेका छौं, बाहिर छालामा बसेको खत देखेर घाउ निको भयो भनी वलपूर्वक पीडितको क्रन्दनलाई नदवाईयोस’ द्वन्द्वपीडित अधिकार समाजका अध्यक्ष भीमबहादुर रिजालले भने, ‘पीडित र पीडित परिवारले आत्मदेखी क्षमा दिने र पीडकले पनि आत्मैदेखी गल्ती महसुस गर्ने वातावरण नभै, शसस्त्रद्वन्द्व सकिएपनि घाउका खत बाँकी रहिरहने छ ।’
नेकपा माओवादीले २८ बर्ष अघि २०५२ फागुन १ गतेदेखी सुरु गरी १० बर्ष संञ्चालन गरेको शसस्त्र विद्रोहलाई शान्तिपूर्ण राजनितीमा समायोजन गरेको पनी १८ बर्ष पुगेको छ । शसस्त्र विद्रोहको शान्तीपूर्ण राजनितीमा समाहित भएको १८ बर्षको विचमा देशले विद्रोही लडाकुको नेपाली सेनामा समायोजन, संविधान सभा निर्वाचन, संविधान निर्माण, गणतन्त्र स्थापना समेतका महत्वपूर्ण राजनैतिक उपलब्धीहरु हाँसिल गरेको छ । तर शसस्त्र विद्रोह (शसस्त्र द्वन्द्व)का वेला लागेका घाउ, चोटपटक र पीडनका घट्नाको सत्य अन्वेषण, परिपूरणको अधिकार, अभियोजनको विश्वसनीयता र विगतको घट्ना नदोहोरिने सुनिश्चितता जस्ता न्यायको पहिलो सर्तको सम्बोधन भएको छैन । शसस्त्र द्वन्द्वका बेला बढी पीडन भोगेहरुले माक्र होईन अर्न्तराष्ट्रिय समुदायले संत्रमणकालिन न्याय प्रकृया पारदर्शी एवं अन्तर्राष्ट्रिय कानुन र नेपालको न्याय प्रणालीसम्मत हुनु पर्ने बताउँदै आएका छन ।
बहुचर्चित बेनी आक्रमण ः पृष्ठभूमि र प्रभाव–
०६० चैत ७ गते शनिवार राती माओवादीले सदरमुकाम बेनीमा भिषण आक्रमण गरे । पश्चिम डिभिजनको कमाण्डमा भएको बेनी आक्रमण जनयुद्धको ८ वर्षे अनुझवमा माओवादीले जिल्ला सदरमुकाममा गरेका ९ ओटा आक्रमण मध्य सैन्यवल र आत्रमणको ब्यापकताको दृष्टिले सवैभन्दा ठूलो र लगातार १२ घन्टा लडेर मध्य दिनसम्म कब्जा गरेको पहिलो थियो ।
बेनी आक्रमणमा माओवादीका विशेष क्षेत्रको पहिलो (मंगलसेन), भेरी–कर्णाली क्षेत्रको दोस्रो (सतवरिया), सेती–महाकाली क्षेत्रको तेस्रो (लिस्ने–ग्राम) र गण्डक क्षेत्रको (बासुस्मृति) चौंथो ब्रिगेड अर्न्तगतका ६ बटालिएनका करिव ५ हजार माओवादी लडाकु सहभागी थिए । बेनी आक्रमणमा आउनु पूर्व माओवादी सेना रोल्पा जिल्लाको उत्तरपूर्वी थवाङ्गमा जम्मा भै रुकुम जिल्लाको लुकुम घुमाउँरो बाटोबाट ढोरपाटन शिकार आरक्ष छिचोल्दै फागुन ४ गते पश्चिम म्याग्दीको रमाईलो वस्ती ताकम आएको थियो । यसरी थवाङबाट विभिन्न घुमाउरो बाटो छिचोल्दै १७ दिन लामो पैदल यात्रापछि बेनी आक्रमण गरेका थिए ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले प्रकाशन गरेको ‘नेपाल मानव अधिकार वर्ष पुस्तक २००५’ मा उल्लेख झए अनुसार माओवादीले गरेको बेनी आक्रमणमत्रममा १९ जना सर्वसाधारण, १७ जना प्रहरी , १४ जना सैनिक र कम्तीमा ९० जना माओवादी मारिएका थिए । सवै पक्षमा रहेका सयौंको संख्याका घाईतेको अवस्थाबारे अझै यकिन तथ्याङ्ढ कतै फाईदैन ।
बेनी आक्रमण त्रममा माओवादीले प्रमुख जिल्ला अधिकारी सागरमणी पराजुली, प्रहरी नायव उपरिक्षक रणबहादुर गौतम सहित करिव ४० जनालाई कब्जामा परेका युद्धबन्दीलाई माओवादी पश्चिम डिभिजन कमिसार विप्लव र कमाण्डर पासाङले वक्तब्य मार्फत मातृका यादव, शुरेश आले मगर र किरण शर्मालाई मुक्त गर्न सौदा गरेका थिए ।
चारै तिर पहाडले घेरेको खोपिल्टो जस्तो बेनीमा पश्चिमबाट पूर्वबग्ने म्याग्दी नदीको किनारामा जिल्ला विकास समिति, जिल्ला प्रशासन र प्रहरी कार्यालयका छतमा भ्यू टावरहरु रहेका छन । यी टावर प्राकृतिक सौदर्य वा सदरमुकामको दृश्यालोकन गर्न बनेका होईन, सैन्य बंकरका अवशेष हुन । ‘युद्ध स्तम्भ’ लाग्ने यी भवनका यी बंकरले बेनीबासीलाई त्यो चैत ७ गतेको त्रासदीपूर्ण रात सम्झाई रहन्छ । माप्रा बसेको घाउबाट रगत निक्ले जस्तै ।
सत्ताको वरिपरि रुमल्लिएको नेपाली राजनीतिका कारण अप्ठ्यारोमा परेको नेपाली शान्ति प्रक्रिया, मौलाउँदै गएको दण्डहीनता, कमजोर बन्दै गएको शान्ति सुरक्षाको वर्तमान अवस्थाले आम जनता र द्वन्द्व पीडितहरू निराश बन्दै गएका छन् ।