FLASH NEWS
  • Loading...

भवन र कर्मचारी अभावमा हेमो डायलाईसिस सेवा प्रभावित

  • पुनहिल डट कम
  • २ महिना अघि
  • १३६ पटक पढिएको
भवन र कर्मचारी अभावमा हेमो डायलाईसिस सेवा प्रभावित

निर्माणाधिन ५० शैयाको बेनी अस्पताल भवन चार वर्षदेखी अलपत्र हुँदा अस्पतालले दिनु पर्ने विशषज्ञ स्वास्थ्य उपचार सेवासँगै मृगौला फेल भै नियमित डायलाइसिस गराउनु पर्ने विरामीले समेत सास्ती भोग्नु परेको छ ।
पुरानो भवन भत्काईएको र नयाँ अस्पताल भवन पनि निर्माण नहुँदा बेनी अस्पतालका सेवा प्रभावितहुँदा विरामीले सास्ती खेप्नु परेको हो । डायलासिस वार्ड पूर्ण क्षमतामा संञ्चालन गर्न अस्पतालसँग भवन अभाव भएकोले डायलासिस उपकरण थन्क्याएर विरामीलाई प्रतिक्षा सूचीमा राख्नु परेको अस्पतालले जनाएको छ । अहिले बेनी अस्पतालको म्याग्दी, पर्वत र बाग्लुङका गरी २३ जना विरामीले डायलाइसिस गराई रहेका छन । थप १५ जना विरामीले दैलोको अस्पतालमा निःशुल्क उपचार गर्न पालो नपाउँदा पोखरा, काठमाण्डौ पुगेर प्रत्यक पटक १० देखी १५ हजारसम्म खर्च गर्दै आएका छन । उनीहरुले हप्तामा २ देखी ३ पटक डायलाईसिस गर्नु पर्ने हुन्छ ।
बेनी अस्पतालमा अहिले ८ वटा डायलाईसिस मेशिनमध्य ५ वटा मात्र संञ्चालनमा छ । १ वटा आपतकालिन प्रयोगकालागी खालि राख्ने गरिएको छ । संञ्चालनमा रहेको डायलाईसिस वार्ड पनि अस्पतालले श्वास्थ्य कार्यालयको एउटा कोठा मागेको हो । डायलाईसिस वार्ड साँघुरो भएकोले थन्केर बसेका मेशिन सेटअप गर्न समस्या भएको छ । त्यस्तै अस्पतालमा डायलाईसिस वार्ड चालन जम्मा चार जना श्वास्थ्यकर्मीबाट चलाउनु परेकोले संञ्चालनमा भएको ५ वटा मेशिनलाई पनि तीन सिफ्ट नसकिएको अस्पतालकी ब्यवस्थापन पुजा बानियाँले बताई ।
०७७ साउन १८ गतेबाट बेनी अस्पतालले हेमोडायलाइसीस युनिट स्थापना गरी डायलाईसीस सेवा सुरु गरेको थियो । अस्पतालमा डायलाईसीस गराउने मेशिन र वेड क्षमता भएपनि खट्ने स्वास्थ्यकर्मी नभएकोले पनि विरामीलाई होल्ड गरी राख्नु परेको जनाएको छ ।
‘पहिला आउनेको पहिला डायलाईसिस गराईने हुँदा पालो पर्खर्नु पर्छ । डायलाईसीस गर्न विरामीलाई मेसिनमा जोडेपछि अविछिन्न स्वास्थ्यकर्मीको निगरानी चाहिन्छ । जम्मा चार जना स्वास्थ्यकर्मी मात्र भएकोले एक सिफ्टमा ८–१०–१२ घन्टा खट्नु पर्ने हुन्छ’ बेनी अस्पताल हेमोडायलाइसीस वार्डकी वार्ड इन्चार्ज सम्झना थापाले भनिन, ‘थप दुई जना तालिम प्राप्त स्वास्थ्यकर्मी भए पालो पर्खेका सवै १५ जनाको पनि नियमित डायलाईसीस गर्न सकिन्थ्यो ।’
डाक्टरका अनुसार दुवै मृगौला फेल भएपछिपनि चौंथो तहसम्म नियमित औषधीले सेवन गरी मृगौलाले काम गर्छ । पाचौं तहमा पुगेपछि भने मृगौला फेर्ने वा नियमित डायलाईसीस गर्ने माक्र हो ।
त्यसै, डायलाइसीस सेवमा जनशत्तिको अभाव मात्र होईन, नियमित विधुत आपुर्तिमा पनि समस्या हुने गरेको छ । बेनी अस्पताललाई गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयले ४ वटा, अष्ट्रेलियामा बस्ने जिल्लाबासीको पहलमा २ वटा र भारतिय दुतावासको सहयोगमा प्राप्त २ समेत ८ वटा हेमोडायलाइसिस मेसिन छन ।
यति संवेदनशिल उपकरणहरु भएपनि बेनी अस्पतालसँगै एक जनापनि वायोमेडिकल टेक्नोसियन नहुँदा सामाान्य अभिमुखिकरण प्राप्त कर्मचारीले डायलाईसिस समेत अस्पतालका विभिन्न उपकरणहरु मर्मतसंभार गर्दै आएका छन ।