FLASH NEWS
  • Loading...

चिनियाँ नयाँ वर्ष मनाउन कोरोला नाका १५ दिन विदा

  • पुनहिल डट कम
  • २ महिना अघि
  • १९१ पटक पढिएको
चिनियाँ नयाँ वर्ष मनाउन कोरोला नाका १५ दिन विदा

मुस्ताङको लोमन्थाङ गाउँपालिका वडा नं १ छोसेर स्थित कोरोला नाका १५ दिनकालागी बन्द हुने भएको छ ।
कोरोला नाकाबाट ब्यापारिक लाभ लिन पाउने सीमावर्ती उपल्लो मुस्ताङ्गीकालागी लोघेकर–दामोदरकुण्ड गाउँपालिकाले केही दिन अघी समाजिक संञ्जालमा सूचना प्रकाशितगरी छिमेकी चीन तर्फ नयाँ वर्षसमेत चाडपर्व सुरु भएकोले माघ २५ गतेदेखी फागुन १० गतेसम्मकालागी अस्थाई रुपमा कोरला ब्यापारिक नाका बन्द हुने जानकारी गराएको थियाे।
‘उता (तिब्बतमा) चाडपर्व परेको र अपसिजन र बाक्लो हिउँले गर्दा कोरोला नाकाबाट ब्यापारिक कारोवार पनि नभएको अवस्था रहेकोले स्थानीय तहले अाफ्ना जनताले दुख नपाउन भनी अनौपचारिक सूचना जारी गरेकाे रहे छ ’ मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले भने, ‘अर्न्तराष्ट्रिय नाका फर्मल्ली बन्न हुने कुरा भएन । ’
नेपाल–चीन बिचको २४ नंम्बर सीमास्तम्भ रहेको कोरोला नाकाको गत कात्तिक २७ गते देखी अाैपचारिक रूपमा खुल्ला भएकाे थियाे । कोरोला नाका ब्यवसायीक रुपमा खुल्ला भएसँगै उपल्लो मुस्ताङका लोमन्थाङ र लोघेकरदामोदर कुण्ड गाउँपालिकाका बासिन्दाले परिचय पत्रका आधारमा तिब्बत तर्फ ३० किलोमिटर परसम्मका बजारमा जान/आउन र सामान किनवेच गर्न छुट पाउने ब्यवस्था छ ।
गण्डकी प्रदेशको नवलपारासीको गैंडाकोटबाट ४ सय ३५ किमी लामो कालीगण्डकी करिडोर राजमार्ग कोरोला नाकाहुँदै तिब्बतको झोङ्बा काउन्ट्रीहुँदै २० किमी पर सिगात्सेबाट आएको ‘चाईना नेसनल हाईवे २१९’ सँग जोडिन्छ ।
नेपाल–चीन वीच गर्त वर्ष हस्ताक्षर भएको पारवहन तथा यातायात सम्झौताको प्रोक्टोकल अनुसार सुख्खा बन्दरगाहसम्म आवत–जावत गर्ने मध्यको कोरला नाकामा चीनले सूचानाप्रविधी जडित भन्सार कार्यालयका अतिरिक्त क्वारेन्टाईन, आवस, प्रयोगशाला, गोदाम घर, ट्रक तथा कन्टेरन पाकिङ्ग र सुरक्षा पूर्वाधार खडा गरिसकेको छ ।
नेपाल पट्टी भने चीनको सहयोगमा हालै नेपाली सुरक्षाकर्मीहरुकालागी अस्थाई आश्रय स्थल बनाईएको छ । सशस्त्र बोर्डरु आउट पोष्ट (बिओपी) र लोमन्थाङ गाउँपालिका अध्यक्षसमेत जनप्रतिनिधीको रोहवरमा चीनियाँ सुरक्षाकर्मीले नै दशगजा क्षेत्रमा २० फिट लामा र १० फिट चौडाई भएका पाँच वटा प्रिफेव कन्टेनर जडान गरिदिएका हुन । कोरोला नाका संञ्चालनमा आएपछि यही अस्थाई संरचनामा नेपाली सुरक्षाकर्मी बस्ने छन ।
भन्सार कार्यालय भने १२ किमी तल नेचुङमै रहने भएको छ । कोरोला नाकामा चीनियाँ भन्सारको आमने–सामने हुनेगरी भन्सार प्रयोजनका पूर्वाधार निर्माण गर्न एक हजार रोपनी जग्गा अधिग्रहण गरिएको भएपनि पूर्वाधार भने बनेका छैनन ।
कोरोला नाका ब्यवसायीक रुपमा खुल्ला भएसँगै उपल्लो मुस्ताङका लोमन्थाङ र लोघेकरदामोदर कुण्ड गाउँपालिकाका बासिन्दाले परिचय पत्रका आधारमा तिब्बत तर्फ ३० किलोमिटर परसम्मका बजारमा जान/आउन छुट पाउने ब्यवस्था भएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले बताए ।
नेपाल र चीनलाई सडक सम्पर्कले जोड्ने केरुङ र तातोपानी नाकापछि कोरोला तेस्रो नाका बनेको छ । नेपाल–चीन विच सात वटा द्विदेशीय ब्यापारिक नाकाहरु (ताप्लेजुङको अलाङचुङगोला, संखुवासभाको किमाथाङ्का, दोलखाको लामाबगर, गोर्खाको लार्के, हुम्लाको यारी र मुगु) पनि छिट्टै खोल्ने सहमति छ ।
पोखरादेखी बेनीहुँदै कोरोलासम्म म्याग्दी खण्डको थोरै भुगोलमा बाहेक दुई लेनको सडक कोरोला नाकासम्म जोडिएको छ । बेनी–जोमसोमसम्मको सडक कालोपत्रे हुने छ । जोमसोम–कोरोलासम्मको सडक भने ग्राभेल हुने छ । यहाँको माटो नविग्रने भएकोले ज्यामेट्रिक समस्या पनि छैन । गण्डकी प्रदेशको नवलपरासीको गैंडाकोटबाट मुस्ताङको कोरोलासम्मको ४ सय ३५ किमी लामो सडकलाई कालीगण्डकी करिडोर नामाकरण गरिएको छ ।