FLASH NEWS
  • Loading...

पर्वतको जलजला गाउँपालिकाकाकाे अाफ्नै भवन छैन, सबै वडामा भने भवन

  • पुनहिल डट कम
  • २ महिना अघि
  • १४६ पटक पढिएको
पर्वतको जलजला गाउँपालिकाकाकाे अाफ्नै भवन छैन, सबै वडामा भने भवन

लामो समयदेखी भाडाको भवनबाट सेवा प्रवाह गर्दै आइरहेकाे  पर्वतको  जलजला गाउँपालिका मातहतका  सबै ९ वटै वडाका भने अा-आफ्नै  वडा कार्यालय भवन निर्माण भएका छन ।  नयाँ निर्मित जलजला गापा, ८ नं वडा कार्यालय भवनबाट सेवा सुरू भएसँगै गाउँकार्यपालिका कै भवन बाहेक सवै वडाकाे अाफ्नै भवन बनेका हुन ।

पालिका अध्यक्ष राजु अाचार्यका अनुसार जलजला गापा, वडा नं ६ शालिजा, ७ धाइरिङ, ८ नाङ्लिवाङ र ९ बनाैले नयाँ वडा कार्यालयबाट सेवा सुरू गरेका छन । त्यस्तै वडा नं १ बाँसखर्क, ४ फड्केढुङ्गा, ५ लेखफाँटका वडा भवन तयार भै सकेकाे र कार्यालय भवन संञ्चालन तयारीमा रहेकाे जलजला गापाले जनाएकाे छ । पालिकाकाे वडा नं ३ काे कार्यालय भने साविक मल्लाज माझफाँट गाविस भवनलाइ नै प्रयाेग भएकाे छ ।

त्यसैगरी गाउँपालिका भवन भाडामा रहेपनी जलजला गापाले कर्मचारी अावास तथा दुइ तल्ले सभाहलसहितकाे स्टाेर भवन भने निर्माण थालेकाे जनाएकाे छ ।