FLASH NEWS
  • Loading...

म्याग्दी घारका शाहिल खड्काको ‘आफ्नो त कोही छैन’ म्यूजिक भिडियो सार्वजनिक

  • पुनहिल डट कम
  • २ महिना अघि
  • १८७५ पटक पढिएको
म्याग्दी घारका शाहिल खड्काको ‘आफ्नो त कोही छैन’ म्यूजिक भिडियो सार्वजनिक

म्याग्दीको अन्नपूर्ण गाउँपालिका, ६ घारम पुख्यौली थलो भै हाल काठमाण्डौ/जापानमा कर्मथलो बनाएका शाहिल खड्काले पछिल्लो म्यूजिक भिडियो ‘आफ्नो त कोही छैन’ हालै सार्वजनिक गरेका छन ।

आफ्नै शब्द, संगीत र स्वर भरेका शाहिललाई स्वरमा अनु चौधरी तथा अभिनयमा सिम्पल खरेलले गरेकी छिन । डिजिटल मार्केटिङ हेडले निर्माण गरेको म्यूजिक भिडियोको निर्देशन तथा सम्पादन विजेस पौडेलले गरेका छन ।

म्याग्दी घारको अत्यन्त सामान्य परिवारमा दुखकष्टसाथ हुर्केका द्वन्द्वपीडित भै विस्थापन जीवन भोगेका शाहिल खड्काका यस अघि त्यो मनमा, एक पल, के यो मायाँ हो ?, शरिम लाउने, हिजो आज, रक्सीको नसाले नचायो र कालोकोठी गालैमा जस्ता दर्जन बढी म्यूजिक भिडियोमा स्वर, संगित र अभिनय गरेका छन ।