FLASH NEWS
  • Loading...

पुलह ऋषीको कुटीमा कहिले ठडिएला असुर राजा रावण मुर्ति ? (मेयर के भन्छन भिडियाे )

  • पुनहिल डट कम
  • २ महिना अघि
  • २१५ पटक पढिएको
पुलह ऋषीको कुटीमा कहिले ठडिएला असुर राजा रावण मुर्ति ? (मेयर के भन्छन भिडियाे )

हिन्दु ग्रन्थमा वर्णित असुर(राक्षस) राजा रावणको बेनी नगरपालिका, ५ पुलाहश्रममा ६ फिल अग्लो मुर्तिसहित निर्माण थालिएको रावण पार्क बेनी नगरपालिकाको प्राविधिक कमजोरीले एक बर्षदेखी अधकल्चो बनेको छ ।
संकृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयसँगको पर्यटन पूर्वाधार तथा पर्यटनउपज विकास साझेदारी कार्यक्रम अर्न्तगत बेनी नगरपालिका, ५ पुलाश्रममा ६ मिटर अग्लो रावण मुर्तिसहित पार्क निर्माण गर्न ०७७ फागुनमा धर्म एस. कास्यप जेभी कलंकी काठमाण्डौलाई १ करोड ७६ लाख ७७ हजार ५ सय ६३ रुपैयाँमा ठेक्का दिएको थियो ।
‘हाम्रो प्राविधिक लापरबाहीले गर्दा मन्त्रालयले गत आवमा भुक्तानी दिएन । त्यसैले रावण पार्क निर्माण स्थगित छ । चालु वर्ष मन्त्रालयबाट बजेट समेत आएकोले काम अगाडी बढाउन निर्माण ब्यवसायीलाई ताकेता गरेका छौं’ बेनी नगरपापलिका प्रमुख सुरत केसीले भने, ‘चालु आवमा भने मन्त्रालयले सुरु किस्ता १५ लाख पठाएको छ । नगरपालिकाको दायित्वसमेत थप गरी यो आवमा पार्क पुरा गर्ने लक्ष्य राखेका छौं ।’

Rawan park aalpatra 080, myagdi

मन्त्रालयको ७० प्रतिशत र बेनी नगरपालिकाको ३० प्रतिशत नगद लगानी हुने पार्क निर्माणमा सम्झौता अनुसार बेनी नगरपालिकाका प्राविधिकले गत वर्ष प्रगति विवरण नबुझाएकोले मन्त्रालयले भुक्तानी रोकेपछि पार्क निर्माण अलपत्र परेको हो ।
साझेदारी सर्त अनुसार ०७९ फागुनमा निर्माण सम्पन्न भै सक्नु पर्ने रावण पार्कमा अहिले संरक्षण, जमिन सम्याउने र केही घेरावारको कामबाहेक उल्लेख्य केही भएको छैन । तर पालिकाले रावणको मुर्ति समेत निर्माण सुरु गर्न नगरपालिकाले ठेकदार कम्पनीलाई रनिङ विल भुक्तानी गरेको छ । १४ रोपनी क्षेत्रफलमा फैलिएको पुलह पुलाश्रम क्षेत्रमध्य ४ रोपनी क्षेत्रफलमा मात्र रावण पार्क बनाउन लागिएको हो ।
पुलाश्रममा रहेका ऋषिमुनी मन्दीर, हवन कुण्ड, रावणको नाभी गाडिएको स्थानलाई यथावत संरक्षणगरी ६ मिटर अग्लो रावण मुर्तिसहित बगैचा, विश्रामस्थल, घेरावार र जमिन संरक्षण समेतका पूर्वाधार निर्माण गर्ने योजना छ ।
महाभारतका मुख्य पात्र मध्यका रावणलाई राक्षस भनी घृणा गर्ने र रामलाई देवता मानी पुज्ने समाजमा रावण पार्क निर्माण थालिएपछि स्थानीयले भने पर्यटन प्रर्वद्धन भै पुलाश्रमको महत्व झन बढ्ने ठानेका छन ।
‘सांख्य दर्शनका महामुनी कपिल देखी पुलह ऋषिले ज्ञान प्राप्त गरेको पुलाश्रम पौराणीक तपोभूमि हो । पुलह ऋषिका नाती रावणको जन्मस्थल ओझेनमा छ । गुण दोष जे भएपनि रावण हाम्रा धर्तीपुत्र हुन’ बेनी नगरपालिका, ५ का वडाध्यक्ष रहेका स्थानीय गोविन्द बानियाँले भने, ‘पार्क निर्माण ढिला भएपनि सुरु हुन सकरात्मक हो । यसले धार्मिक पर्यटन प्रर्वद्धन गर्ने छ ।’
ठेक्का प्राप्तीपछि कार्यस्थलमा पुगेको निर्माण कम्पनीका इन्जिनियर सन्तोष ओझाका अनुसार रावणमुर्क्ति काठमाण्डौमा कुँद्न थालिएको छ । रावण पार्क रहने पुलाश्रमबाट धौलागिरी, निलगिरी, अन्नपूर्ण हिमश्रृखला, सूर्योदयको मनोरम दृश्यकासाथी म्याग्दी र कालीगण्डकी नदी दोभानमा अवस्थित बेनीसमेत जिल्लाका अधिकांश भुगोल तथा पर्वतको जलजला गाउँपालिका राम्रोसंग दृश्यावलोकन गर्न सकिन्छ ।
पुलाश्रममा ऋषिहरु पुलह, कपिल र जडभरतले तपस्यागरी सिद्धी प्राप्त गरेको पौराणिक मान्यता छ । पुलाश्रम सांख्य दर्शनका महामुनी कपिलको पनि तपोभूमि मानिन्छ ।
सदरमुकाम बेनीदेखी पश्चिम उत्तरमा करीव १५ सय मिटर उचाइमा अवस्थित तपोभुमि पुलहआश्रममा रहेको होमकुण्डमा प्राचिन चरुको अवशेष (खरानी रंगको चिम्टाइलो माटो) अझै पनि देख्न र हेर्न सकिन्छ । पुलस्त्य ऋषिको वास्तविक आश्रमको स्वरुप कस्तो थियो किटानसाथ भन्न सकिने आधार छैन । तर वर्षौदेखी पुलाश्रममा पुलस्त्य समेत ऋषिहरुको ढुङ्गाका आकृति कोरी पुजा गर्ने गरिएको छ । पुलाश्रम मन्दीरमा देवी–देवताको नभै ऋषिहरुको पुजाअर्चना गरिन्छ ।
‘रावणका पुर्खा बसेको क्षेत्रमा रावणको मुर्ति राख्ने र पार्क बनाउने धार्मिक पर्यटन तथा पुलाहश्रम क्षेत्रको प्रर्यटकीय प्रर्वद्धन हुने विश्वास गरेका छौं’ गलेश्वरधाम क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले भने, ‘रावण पार्क बन्न लागेकोमा राम पुज्ने हाम्रो समुदाय उत्साही छ । धार्मिक समुदाय पनि सकरात्मक छ ।’
पौराणीक मान्यता अनुसार लङ्ढाका राजा रावणले यस स्थानमा प्रथम पटक धार्मिक पाइला टेकेका थिए । वाल्मीकि रामायणमा उल्लेख भएअनुसार असुर राज रावण पुलस्त्य मुनि (ऋषि)को नाती, विश्वश्रवाका दुई पत्नीमध्य रावण कैकसीको कोखबाट धवलागिरी पर्वतको फेदीमा अवस्थित पुलाश्रममा भएको भन्ने शास्त्रिय मान्यता छ भन्ने तर्क गर्ने गरिएकाे छ ।